सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको रिटमाथि पेशी तोकियो

काठमाडौं : नेकपा एमालेका दुई संसद्ले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान पाऊँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि पेशी तोकिएको छ। मुद्दाको पेशी न्यायाधीश अनिल कुमार सिन्हाको एकल परेको छ। एमाले विभाजित भएपछि प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले समाजवादीमा जानको लागि अदालत पुगेका हुन्। दल विभाजनको बेला सुरुमा निवेदनमा हस्ताक्षर गरेका थिएनन्। तर, सनाखतको बेलामा उनीहरूले समाजवादीमा जान चाहेका थिए।

सम्बन्धित सामग्री

सर्वोच्च : नयाँ शक्ति केन्द्र

एमाले फुटेर बनेको एकीकृत समाजवादीमा आबद्ध सांसदको सनाखत गर्ने दिन भदौ ९ मा सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट पनि निर्वाचन आयोग पुगेका थिए ।

‘माधव नेपालकै हौँ’ भन्दै आयोग पुगेका चार जनाले ‘सनाखत’ गर्न नपाउने

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा आफूहरु पनि रहेको भन्दै निर्वाचन आयोग पुगेका चार सांसदले सनाखत प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । नेकपा एमालेमै रहेका नेताहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, राजन राई र शारदादेवी भट्ट मंगलबार निर्वाचन आयोग पुगेका थिए । उनीहरुले ‘हामी माधव नेपालकै हौँ’ भन्दै आयोग पुगेको स्रोतले...