बागी उम्मेदवार, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ। विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन काँग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो। काँग्रेसले बागी, प्रस्तावक र समर्थक स्वतः पार्टीबाट निष्कासन भएकोसमेत बताएको छ। उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो। […]