सिन्धुपाल्चोक, जुगल गाउँपालिकाकी उपप्रमुख सिर्जना तामाङ ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हुदा २३ वर्षकी थिइन् । सानै उमेरमा बोझिलो जिम्मेवारी लिएकी उनी जनताको सेवामा सधैं जिम्मेवार रहिन् ।
नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताउनुभएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘राजनीतिमा महिला नेतृत्वको अर्थपूर्ण सहभागिता’ विषयक गोष्ठीमा नेत्री राणाले कांग्रेस पदाधिकारीमा महिलाको सङ्ख्या न्यून रहेकाले यस विषयमा …
राजनीतिमा महिला सहभागिता बढाउन संविधानमै व्यवस्था गरिएको छ । २०७२ को संविधानको धारा ३८ को उपधारा ४ मा भनिएको छ, ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक छ’ । तर विगतको निर्वाचनदेखि नै महिला सहभागिता बढाउन कार्यान्वयन पक्ष अत्यन्त कमजोर देखिएको छ । संविधानले राज्यका हरेक तहमा महिला सहभागिता ३३ प्रतिशत अनिवार्य गरे पनि प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारीमा उनीहरूको संलग्नता अत्यन्त न्यून देखिएको छ । मंसिर ४ को प्रतिनिधि सभा सदस्य उम्
दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा बागलुङका स्थानीय तहमा महिलाहरूको नेतृत्व सङ्ख्यात्मक रुपमा खुम्चिएको छ । सक्षम भएर पनि महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित हुनुपरेको हो । गठबन्धनबाट अधिकांश स्थानीय तहको प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष पदमा पुरुष उम्मेदवार थिए । राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिकरूपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि […]
काठमाडौं । राजनीतिमा महिलाहरूको प्रतिनिधित्व बढ्दै जाँदा चुनैतीहरू पनि थपिंदै गएका छन्। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा महिला सहभागिता कसरी हुदैछ भन्ने प्रश्न पनि उठ्न थालेको छ । २०७४ को निर्वाचनमा स्थानीय तहमा १४ हजार ३ सय ८ जना महिलाभित्र सात नगर प्रमुख, ११ गाउँपालिका प्रमुख, २७६ उपप्रमुख रहेका थिए। स्थानीय तहको नीति निर्माण गर्ने […]
नेपालको राजनीतिमा महिला सहभागिताको अवस्था विश्वमै गर्विलो छ । नेपालको राजनीतिमा महिलाको सहभागितालाई लिएर अन्तर्राष्ट्रिय जगत्मा एक प्रकारको तरंग छ । संसदमा ३३ प्रतिशत महिला सहभागिता भएको देश भनेर नेपाललाई चिनिन्छ । नेपालको संघीय संसद र सातवटै प्रदेश सभाहरूमा ३३ प्रतिशत महिलाको सहभागिता छ । विश्वका संसदमा महिला सहभागिता २५ प्रतिशतको हाराहारीमा रहेको बेला नेपालको […]
नेपालको संविधानले मुलुकका सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चितता गर्न विभिन्न व्यवस्था गरे पनि अझै सबै क्षेत्रमा आवश्यक मात्रामा महिला सहभागिता हुन नसकेकाले राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ । दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिता’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको हो …
जुम्ला-संघीयतापछि ग्रामिण महिला राजनीतिकेखि आर्थिक पहुँचमा पुगेका छन् ।घरधन्दा मेलापातमै सीमित भएपनि संघीयतासँगै राजनीतिमा महिला सहभागिता अनिवार्य गरेपछि राजनीतिमा उनीहरुको पहुँच बढेको छ । स्थानीय तहको निर्वाचनबाट मेयर उपमेयर र उपाध्यक्षसहित वडासदस्यमा गरी जुम्लाका १ सय २९ जना महिला जनप्रतिनिधि बनेका छन् । अनिवार्य दलित महिला सदस्य सहित प्रत्यक वडामा दुई जना महिला सदस्य हुनु […]
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राजनीतिमा महिला सहभागिता र नेतृत्व सार्थक रुपमा बढ्दै गएको बताउनुभएको छ । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले सोमबार राजधानीमा आयोजना गरेको “प्रतिनिधि सभाका महिला सांसदको सामूहिक सम्मान” कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला नेतृत्वले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि पु¥याएको योगदानको कदर हुनुपर्ने बताउनुभयो ।