काठमाडौं : कांग्रेस सभापति शेर बहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा भ्रम सिर्जना गरिएको प्रति आपत्ति जनाएका छन्। शुक्रबार आफ्नो निवास बूढानीलकण्ठमा कोभिड-१९ को माहामारी रोकथाम र उपचारका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले पछिल्लो समय एमसीसी प्रस्ताव अगाडि लैजानेबारे कुनै छलफल नभएको बताएका हुन्।आफूले एमसीसी पास गर्ने प्रकिया अगाडि नबढाएको जिकिर गरेका छन्। 'बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको हो। मेरो नेतृत्व