कालिकोटमा केबुलकार सम्भाव्यताको अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं। कालिकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालिकोटका नौ स्थानीय तहका प्रतिनिधि, योजना आयोग र प्रदेशका मन्त्रीबीच अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रममा कालिकोटको नरहरिनाथ कोटवाडादेखि खाँडाचक्र नगरपालिकासम्म केबुलकार बनाउने लक्ष्य राखेको छ।

सम्बन्धित सामग्री

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ […]