बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप, प्रहरीद्वारा तीन राउन्ड हवाई फायर

काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिका ७ को मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । सुनिपिपल चौर माविमा भएको दोहोरो झडपमा मतपेटिका तोडफोड भएको छ । झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले स्थिति सामान्यतर्फ गइरहेको जानकारी दिए । […]