बागलुङको गलकोटमा शृङ्खलाबद्ध चोरी, अनुसन्धान फितलो

बागलुङमा तीजको दर खाने दिन थियो । गलकोट नगरपालिका–३ हटिया, बेँसीका तेजबहादुर बोहोरा घरमा तालाचाबी लगाएर बोहोराफाँटमा रहेको अर्को घरमा गए। त्यहाँ उनीसहित सपरिवार एकैठाउँ भएर दर खाए, रमाए । भोलिपल्ट बिहान बेँसीको घर फर्कँदा भने उनी झस्किए। अघिल्लो दिन ठिकठाक छाडेको घरमा चोरले बितण्डा मच्चाएको दृश्य एकाएक आँखाअघि आयो ।घरमा कोही नभएको मौका छोपेर चोरले ढोका, दराजका ताला र सुटकेस फोरेर नगदसहित गरगहना लुटेका थिए । साँझ ७ बजेतिर घरका सबै ढोका बन्द गरी बाहिर बिजुली बालेर आफू अर्को घर गएको बोहोराले