यौन दुर्व्यवहारको आरोपमा वडा अध्यक्ष पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष घलानलाई मंगलबार दिउँसो १ बजे हेटौंडा बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार वडा अध्यक्ष घलानलाई पीडित छात्राले दिएको जाहेरीको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएको हो ।राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल