नागरिकतामा ७ वर्षे अवधिकाे प्रावधान हटाएकाेप्रति एमाले सांसदकाे विराेध

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरूलाई नागरिकता दिनका लागि सात वर्षे अवधिकाे प्रावधान हटाएकोप्रति विरोध गरेको छ ।  आज शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसदहरूले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिन सात वर्षे अवधिकाे प्रावधान राख्नुपर्नेमा जोड दिएका हुन् ।  एमाले सांसद खगराज अधिकारीले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गर्...