करोडौं ठगेर म्यानपावर सञ्चालक फरार

अमेरिका र युरोप पठाउने भन्दै कम्तीमा ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ ठगीको आरोप लागेका विस एचआर सेलुसनका सञ्चालक र कर्मचारी फरार भएका छन् । कम्पनीले एक जनाबाट १० देखि ४० लाख रुपैयाँसम्म लिएको खुलेको छ ।

सम्बन्धित सामग्री

नक्कली टिकट दिएर एजेन्ट फरार

बाँकेको खजुरा गाउँपालिका –४ ईगाउँका अमरबहादुर बुढामगरले दुई बर्षअघि बार्षिक ३६ प्रतिशत ब्याजदरमा रकम लिएर खाडी मुलुक दुबई जानका लागि दुई लाख ३० हजार रुपियाँ म्यानपावर कम्पनीका प्रतिनिधिलाई बुझाउनुभयो ।

भिजिट भिसा : लाखाैँ असुली युएई पुर्याएर अलपत्र, अभियुक्त फरार

काठमाडौं : वैशाख  २०७८ मा विश्वभरी महामारीको रुपमा कोरोना भाइरस फैलिरहेको थियो। आफूले गर्दै आएको काम पनि कोरोना महामारीले खोस्यो।सर्लाहीका कृष्ण प्रसाद ढकाल रोजगारीको खोजीमा धेरै भौँतारिए। तर, पनि भने अनुसारको काम पाउन सकेनन्। अन्त्यमा वैदेशिक रोजगारीमा जाने सोच बनाए।रोजगारीको खोजीमा रहेका ढकालले ‘द गोर्खा म्यानपावर ओभरसिज प्रा.लि’का सञ्चालक जय बहादुर विकलाई भेटे। आफ्नो कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएको साथै वर्किङ भिसामा युएई पठाउने बताए।रोजगारीको खोज

विदेश पठाइदिने भन्दै ३ करोड ठगेर फरार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३ करोड ठगी गरेको आरोप लागेका कावासोतीका एक म्यानपावर व्यवसायी फरार भएका छन् । पीडितको उजुरीका आधारमा उनीविरुद्ध गत जेठ १० गते वैदेशिक रोजगार विभागमा उजुरी परे पनि उनी अझै पक्राउ परेका छैनन् ।

पानी जहाजमा काम गर्न नेदरल्यान्ड्स लैजाने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

काठमाडौं । नेदरल्यान्ड्समा पानी जहाजमा काम गर्न लैजाने भन्दै १६ जनाबाट एक करोड ३६ लाख ५० हजार रुपैयाँ उठाएर फरार भएको आरोपमा म्यानपावर सन्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरस्थित मुन ह्युमन रिसोर्सेसका सन्चलाक ३५ वर्षीय पक्राउ राईलाई पक्राउ गरेको हो । पिडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि प्रहरीलाई पक्राउका लागि […]

करोड बढी रुपियाँ लिएर म्यानपावर सञ्चालक फरार

युवाहरुलाई क्रोयसिया पठाइदिने भन्दै करोड रुपियाँ बढी रकम लिएर नेपालगञ्जबाट एक जना म्यानपावर सञ्चालक सम्पर्कविहिन भएका छन् । म्यानपावर सञ्चालक मङ्सिर १२ गतेदेखि फरार भएपछि ४० बढी युवाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गराएका छन् ।

ठगी मुद्दाका फरार म्यानपावर सञ्चालक पक्राउ

काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा फरार म्यानपावर सञ्चालक पक्राउ परेका छन् । नवलपरासी देवचुली नगरपालिका-१३ घर भइ रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाण्डाै बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।  वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ताेकेकाे थियाे । तर त्यसपछि फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पाैडेलले सिंगाप...