सहुलियतपूर्ण कर्जाका नाममा राज्यकोष दोहन : ब्याज अनुदानमै सवा ९ अर्ब स्वाहा !

चालू आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्म राज्यकोषबाट सहुलियतपूर्ण कर्जा लिनेको संख्या एक लाख २९ हजार ६८० पुगेको छ । यी ऋणीहरूले  विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट हालसम्म २ खर्ब ३१ अर्ब भन्दा बढी सहुलियपूर्ण कर्जा लगेका हुन् । सहुलियपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५, (तेस्रो संशोधनसहित) मा भएको व्यवस्थाअनुसार असोज मसान्तसम्म विभिन्न १० शीर्षकमा एक लाख २९ हजार ६८० ऋणीले कुल २ खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको हो ।क