इलाम : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर १ को उम्मेदवार नबनाउने बताएका छन्।कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ ‘क’ले माईजोगमाई गाउँपालिकाको नयाँबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री आङदेम्बेले इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सम्मानित नेता खनाललाई उम्मेदवार बनाउने कुरा हल्ला मात्र भएको बताएका हुन्। उनले उक्त हल्ला विपक्षीले चलाएको भन्दै त्यसको प