गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन्। शुक्रबार प्रदेशसभामा भएको मतदानमा पोखरेलको पक्षमा ३१ मत परेको हो। सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाका बहुमत सदस्यले पक्षमा मतदान गरेकाले पोखरेललाई सभाको विश्वासको मत रहेको घोषणा गरे। उनको विपक्षमा २७ मत पर्यो। पोखरेलको पक्षमा काँग्रेस, माओवादी, जसपा र स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे)ले मतदान गरेका हुन्।

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्ताव बहुमतले पारित भएको हो। मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेश सभा नियमावली २०७४ को नियम १४३ बमोजिम आफ्नो वक्तव्य सहित प्रस्ताव पेस गरेका […] The post गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकी प्रदेश : माओवादी र कांग्रेस दुवैको दावीले मुख्यमन्त्री नियुक्तिमा सकस

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माओवादी र कांग्रेस दुवैले दावी गरेपछि सहमति हुन नसक्दा नयाँ मुख्यमन्त्री नियुक्तिमा सकस परेको छ।मुख्यमन्त्रीमा दुवै दलले अडान राख्दा आज (आइतबार) मुख्यमन्त्रीमा कसैको पनि दावी पेश हुन सकेन। प्रदेश प्रमुखको कार्यालय साँझसम्म दावी कुरेर बसे पनि कोही नआएपछि सोमबार दावी पेश हुने अपेक्षामा छ। एमालेको सरकार ढालेर मुख्यमन्त्री बन्ने सत्ता गठबन्धनको चाहना पूरा हुन अझै केही दिन लाग्नसक्ने देखिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएपछि उनी अहिले काम

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिनु हुने भएकाे छ । मुख्यमन्त्री अधिकारीले शुक्रबार दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी प्रदेश सरकारका प्रवक्ता सिता सुन्दासले बताउनुभएकाे हाे । ३३ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री अधिकारी यहि पुस २५ मा मुख्यमन्त्रीमानियुक्त हुनु भएकाे थियाे । ६० सदस्यीय […]

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। दिउँसो तीन बजे सुरु हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ। ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीलाई एमालेका २२, माओवादीका ८, […]

गण्डकी प्रदेश : मत विभाजनको प्रक्रिया आरम्भ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको राजनीतिक स्थिरता, प्रदेशसभाको स्थायित्व र निरन्तरताका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् ।मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभा सदस्यहरु पाँच वर्षसम्म प्रदेशसभामै रहेर सेवा गरुन् भनेर जनताले पठाएको र जनताको त्यो भावनाको सम्मानका लागि पनि प्रदेशसभाले स्थायित्व पाउनुपर्ने बताए ।आफू नेतृत्वको सरकार प्रदेशसभाको स

पृथ्वीसुब्बा गुरुङले भने– कृष्णचन्द्रलाई विश्वासको मत दिन्न भन्न मिल्दैन

नेकपा एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई प्रदेशसभाकै परिपक्व व्यक्ति तथा नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भन्दै त्यस्ता व्यक्तिलाई विश्वासको मत दिन्न भनेर भन्न नमिल्ने बताए । तर मुख्यमन्त्री पोखरेलले आफ्नो लागि नभई गठबन्धन सरकारका लागि विश्वासको मत मागेका कारण आफूले विश्वासको मत दिन नसक्ने उनले प्रस्ट पारे ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा

आधा घण्टाका लागि स्थगित भयो गण्डकी प्रदेश सभाको बैठक

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिनको लागि बसेको प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । मुख्यमन्त्री पोखरेलले राखेको प्रस्ताव माथिको छलफल सकिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । छलफलमा भाग लिँदै निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले अहिलै पोखरेललाई विश्वासको मत दिन नसक्ने बताए । ‘अर्को पटक विश्वासको मत लिने परिस्थिती भएछ भने सोचौंला, अहिले दिन सकिदैन’ गुरुङले भने । आधा घण्टाका लागि भन्दै पौने ३ बजे स्थगित...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । विश्वासको मत पाउन असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएर कामचलाउ सरकारको प्रमुख बन्नुभएको छ । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नुभयो । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक थियो । मतपरिणाम सुनाउँदै सभामुख नेत्रनाथ अधिकारीले पक्षमा २७, विपक्षमा ३० र एक जना मतदानमा सहभागी...

जेठ २७ मा विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको प्रस्तावमा विपक्षी असहमत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्तावअघि सारेका छन् ।प्रदेशसभाको ठूलो दलको नेताको हैसियतले वैशाख २७ गते गुरुङले मुख्यमन्त्रीको सपथ लिएका थिए ।संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।शनिबार गण्डकी प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकमा सोही अनुसार उक्त प्रस्ताव आएको हो । मुख्यमन्त्रीले आउँदो जेठ २७ गते विश्वासको मत लिने गुरुङको तर्फबाट सरकारका प्रवक्त

गण्डकी प्रदेश : नयाँ सरकार बने मुख्यमन्त्री को ?

२९ चैत, पोखरा । समर्थन यथावतै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी २ मन्त्रीलाई २५ गते फिर्ता बोलायो । अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको छ । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक […]