काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्कीले मतदान गरेका छन् । राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’बाट उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार गगन थापा, खड्कीलगायत अन्य उम्मेदवारहरूले लाइन लागेका मतदातासँग मत मागिरहेका छन् । एक मतदातालाई मतदान गर्न ४० मिनेटसम्म लागेकोले मतदान समय लम्बिने देखिएको छ ।
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि जापानका तीन संस्थाले ३५ लाख ४७ हजार ५३६ रुपैयाँ सहयोग गरेका छन्। जापान नेपाल सोसाइटी (जेएनएस), नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र आइस्याप (ISAP) ले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम […]
कञ्चनपुर, २३ असोज। महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर सुरक्षित भएको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । बाढीको त्रासमा रहेको कुतियाकवर तटबन्ध निर्माणपछि सुरक्षित बनेको भन्दै स्थानीयवासी खुसी भएका छन् […]
सडक र पुल कर्णालीका लागि केवल भौतिक संरचना मात्र होइनन्, दुर्गम बस्तीलाई जिल्ला सदरमुकाम, बजार, स्वास्थ्य संस्था र अन्य सेवासँग जोड्ने मुख्य आधार पनि हुन् ।