अव्यवस्थित विकास-निर्माण, वन विनाश र संरक्षण अभावमा सुक्दै पानीका मुहान

कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे । खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो । हिउँदमा पनि पानीको समस्या हुने थिएन । पानीको मात्रा केही घटे पनि मुहान कहिल्यै सुकेनन् । अहिले त्यो समय परिवर्तन भएको छ । पानीका मुहान भेट्न खोज्नुपर्दछ । खोजेपछि पनि …