बाह्य क्षेत्र सुधार्न सरकारले तत्काल नीतिगत हस्तक्षेप गरोस् : बैंकर्स संघ

घट्दो रेमिट्यान्स, बढ्दो व्यापार घाटा, शोधनान्तर स्थिति र भुक्तानी सन्तुलनमा परेको चापजस्ता अर्थतन्त्रको वाह्य क्षेत्रमा देखिएको समस्या सुधार गर्नका लागि सरकारले तत्काल नीतिगत हस्तक्षेप गर्नुपर्ने नेपाल बैंकर्स संघले बताएको छ ।