श्रम सहचारी र काउन्सेलरलाई मन्त्री कुँवरको निर्देशन : डर र धम्कीमा परेर कामको माग पत्र स्वीकृति नगर्नु

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने कामको डिमाण्ड कसैको डर र धम्कीको भरमा जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सेलरलाई अनुरोध गर्नु भएको छ । बिहीबार श्रम गन्तव्य ९ वटा देशका श्रम सहचारी र काउन्सेलरसँग भर्चुअल माध्यममार्फत छलफल गर्दै मन्त्री कुँवरले आएको कामको मागलाई राम्रोसँग बुझेर मात्र स्वीकृत गर्न आग्रह गर्नुभएको हो । मन्त्री कुँवरले कामको माग प्रमाणीकरण गर्नका लागि कसैले डर या धम्की दिएमा उनीहरूसँग आफूले कुरा गर्ने भन्दै देश र श्रमिकको हितमा हुने डिम...