महेश बस्नेतको युथ फोर्स र साइबर सेना ‘अवैधानिक’

नेकपा एमाले नेता महेश बस्नेतको नेतृत्वका गठन भएको ‘युथ फोर्स’ र ‘साइबर सेनालाई’ पार्टीको विधानले नचिन्ने भन्दै एमालेभित्रैबाट विरोध सुरु भएको छ । के–कस्ता जनवर्गीय सङ्गठन र भ्रातृसंस्था बनाउने भन्ने निर्णय कुनै व्यक्तिको लहडमा नभएर पार्टीको विधानअनुसार हुनुपर्ने भन्दै एमालेभित्रैबाट युथ फोर्स र साइबर सेनाको विरोध भएको हो । एमाले नेताले बनाएका युथ फोर्स, अखिल फोर्स र आइटी आर्मी जस्ता मोर्चाहरूबारे रातोपाटीमा प्रकाशित समाचार पढेपछि नेकपा एमालेका एक नेताले भने, &l