पोखरा दुर्घटना : विदेशी बीमा सर्भेयर र कानून व्यवसायी नेपालमा, प्रतियात्रु २० हजार डलर भुक्तानी हुने

काठमाडौं । आइतवार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमवार काठमाडौँ आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ । दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए । “बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ । पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ”, उनले भने । सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीमा सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि चासो राखेको उनको भनाइ छ ।   “राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो । बीमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौँबाट रिपोर्ट लिन सकिने भनिएको छ । दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ”, प्रवक्ता पौडेलले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाइयात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ । चालकदलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ । आइतवार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ । रासस

सम्बन्धित सामग्री

कानून व्यवसायी महिलाको ३० बुँदे वीरगन्ज घोषणा पत्र जारी

वीरगन्ज । पहिलो पटक वीरगन्जमा भएको कानून व्यवसायी महिलाहरुको दुई दिने राष्ट्रिय सम्मेलनले ३० बुँदे वीरगन्ज घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न गरेको छ । विभिन्न पाँच शिर्षकको बिषय ईंगित गर्र्दै ३० बुँदे घोषणा पत्र जारी गरेको छ । शनिबार अबेर जारी घोषणापत्रको भूमिकामा न्यायमा पहुँच हकको प्रभावकारी कार्यान्वयको लागि कानूनी संरचनागत तथा अन्य सम्पूर्ण […] The post कानून व्यवसायी महिलाको ३० बुँदे वीरगन्ज घोषणा पत्र जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कानून व्यवसायी महिलाको सम्मेलन वीरगञ्जमा हुने

७ फागुन, काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी शुक्रबारदेखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बारले पर्साको वीरगञ्जमा तीन दिने सम्मेलनको आयोजना गर्न लागेको हो । बारले त्यही बोलमा आफ्नो केन्द्रिय कार्यकारिणी परिषदको बैठक पनि राखेको छ । सम्मेलन र बैठकले समसामयिक विषयमा छलफल गरी घोषणापत्र सार्वजनिक गर्नेछन् । हेर्नुहोस् […]

पत्रकारको सुविधाका लागि वैतनिक कानून व्यवसायी राख्न पहल

खोटाङ : नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले पत्रकारलाई आइपर्ने कानूनी समस्या समाधान गर्न वैतनिक कानून व्यवसायीको व्यवस्था गर्न पहल गर्ने भएको  छ। महासङ्घको १० औँ साधारणसभाले कानूनी समस्या आइपरेमा पत्रकारको सहयोगका लागि वैतानिक कानून व्यवसायी राख्ने व्यवस्था गर्न महासङ्घको प्रदेश र केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।समाचार सम्प्रेषण गरेबापत कतिपय पत्रकारलाई ‘साइवर क्राइम’को मुद्दा लगाएर पक्राउ गर्ने गरिएकाले वैतनिक कानून व्यवसायीको माग उठाइएको शाखा अध्यक्ष दिलीप खत

पत्रकारको सुविधाका लागि वैतनिक कानून व्यवसायी राख्न पहल

काठमाडौँ,२८ मँसिर । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले पत्रकारलाई आइपर्ने कानूनी समस्या समाधान गर्न वैतनिक कानून व्यवसायीको व्यवस्था गर्न पहल गर्ने भएको छ । महासङ्घको १० औँ साधारणसभाले कानूनी समस्या आइपरेमा पत्रकारको सहयोगका लागि वैतानिक कानून व्यवसायी राख्ने व्यवस्था गर्न महासङ्घको प्रदेश र केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । समाचार सम्प्रेषण गरेबापत कतिपय […]

कानून व्यवसायी केसीको प्रमाणपत्र रद्द

काठमाडौं : नेपाल कानून व्यवसायी परिषद्ले काठमाडौं जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ। परिषद्ले बुधबार विज्ञप्ति निकालेर लागुऔषध मुद्दामा सजाय पाएका अधिवक्ता खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको जानकारी दिएको हो।परिषद् अन्तर्गतको अनुशासन समितिको वैशाख १६ गतेको बैठकले खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको परिषद्का सचिव मोना सिंहले जानकारी दिइन्।यसअघि परिषद्ले वैशाख १३ ग

बारको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष श्रेष्ठसहितका कानून व्यवसायी घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत केही कानून व्यवसायी घाइते भएका छन् । घाइतेहरूलाई माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै भएको आन्दोलनमा आज दोस्रोपटक प्रहरी हस्तक्षेप भएको हो । यसअघि अघिल्लो बिहीवार पनि प्रहरीले बल प्रयोग गरेको थियो । त्यतिबेला बार महासचिव लीलामणि पौडेललगायत केही घ...

प्रधानन्यायाधीशबारे एमालेनिकट कानून व्यवसायी संगठनमा लफडा

काठमाडौँ– न्यायालयमा देखिएको संकटलाई लिएर नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनमा विवाद भएको छ । कार्यवाहक अध्यक्ष रमा श्रेष्ठले न्यायाधीशहरु काममा फर्किनुपर्ने भन्दै प्रधानन्यायाधीशलाई राहत हुनेगरी विज्ञप्ति निकालेका बेला अध्यक्ष रुद्रप्रसाद नेपालले अर्को विज्ञप्ति जारी गरेर काउन्टर दिएका छन् । उनले संगठनका उपाध्यक्ष श्रेष्ठले आफू कावा अध्यक्ष उल्लेख गरी जारी गरेको विज्ञप्तिमा गम्भीर […]

संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा त्रिपाठी

संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी चयन भएका छन् । आज बसेको मञ्चको साधारणसभाले त्रिपाठीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।त्यस्तै उपाध्यक्षमा अमर राउत, महासचिवमा सरोजकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा रोशन पोख्रेल चयन भएका छन् । उनीहरुको कार्यकाल २ वर्षको हुनेछ ।

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौं ।‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाको प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलन भोलिसम्म हुने कार्यक्रम छ । नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नुहुनेछ । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत […] The post कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन चैत ६ र ७ गते हुने

‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा : कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ यही चैत ६ र ७ गते हुने भएको छ ।     नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नेछिन् । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछिन् । यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पु¥याउने भन्ने विषयमा सम्मेलनमा छ...