सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल

कैलाली – सुदूरपश्चिम प्रदेश सभामा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो दल बनेको छ । चौध प्रदेश सभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य माया तामाङ बोहराले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नवगठित पार्टीका पक्षमा सनाखत गराउनु भएसँगै प्रदेश सभामा यो पार्टी ठूलो दल बनेको हो ।  यसअघि नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य एवम् भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोेशी, सामाजिक विका...