गुल्मी कांग्रेस हिँडेको बाटो

केन्द्रमा पार्टी हाँक्ने नेताहरू चुनावी हार र अगाडिको बाटोलाई लिएर झगडामा व्यस्त छन्। गुल्मी जिल्ला कांग्रेसले भने आफू हिँड्ने बाटो पहिल्याइसकेको छ- जनताको दैलो पुग्ने बाटो। फागुनको अन्तिम साता जिल्ला सभपति भुवन श्रेष्ठले सचिव खिलध्वज पन्थीलाई आफ्नो घर बोलाए। चुनावी हारले कार्यकर्ता निराश थिए। के गर्दा पार्टीका ‘इन्जिन' कार्यकर्तामा छाएको निराशा हटाएर चलायमान बनाउन सकिन्छ भन्नेबारे…

सम्बन्धित सामग्री

गुल्मी कांग्रेसको दोस्रो जिल्ला सम्मेलन ९ र १० मंसिरमा

नेपाली कांग्रेस गुल्मीले ९ र १० मंसिरमा दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ। सम्मेलनका लागि पार्टी केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेता गुल्मी आउँदैछन्। सम्मेलनमा १० हजार कार्यकर्ता तम्घासमा उतार्न...

गुल्मी–१ : प्रदेशसभामा एमाले र कांग्रेस विजयी

गुल्मी– – गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ […]

रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारी

२३ असोज, गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै नेपाली कांग्रेसका डा.दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय सभापति समेत रहेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए । उनलाई नेपाली कांग्रेस क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि उम्मेदवारी सिफारिस गरेको थियो […]

गुल्मी–२ मा विष्ट र झाँक्रीको उम्मेदवारी दर्ता

काठमाडौँ – गुल्मी २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का सचिव गोकर्णराज विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएका छन्। विष्ट र झाँक्रीले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। झाँक्री पहिलो पटक चुनावी मैदानमा छिन्। झाँक्री कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन्। २०५६ को निर्वाचनदेखि […]

झाँक्रीको नाम प्रतिनिधिसभाको लागि गुल्मी–२ बाट सिफारिश

काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री आगामी निर्वाचनमा गुल्मी–२ बाट प्रतिनिधिसभामा उठ्ने भएकी छिन् । पार्टीको गुल्मी कार्यसमितिले उनको नाम सो क्षेत्रबाट सिफारिश गरेको हो । झाँक्रीलाई सो क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार बनाउने चर्चा छ । उनलाई प्रधानमन्त्री एव्म कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सहयोग गर्ने वचन […]

गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मीः गुल्मी दरबार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन्।नेकपा एमालेका कृष्ण भुसाललाई हराउँदै थापा  अध्यक्षमा निर्वाचित भएका हुन्।थापाले ६ हजार १६६ ल्याउँदा एमालेका भुसालले ५ हजार ६०२ मत मात्र ल्याए। त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै तारा थापा निर्वाचित भएकी छिन्। उनले जम्मा ५ हजार ५८९ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी हुन्।गाउँपालिकामा रहेका ७ वडा मध्ये ४ वटा वडामा कांग्रेसले जितेकाे छ भने ३ वटामा एमालले जित निकालेकाे छ।

गुल्मी कांग्रेस सभापति रेसुंगा नगरपालिकाको मेयर उम्मेदवार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कांग्रेस गुल्मीका जिल्ला सभापतिसमेत रहेका खिलध्वज पन्थीलाई सर्वसम्मत नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस जिल्ला सह–सचिव धर्मराज पाण्डेले जानकारी दिए ।

गुल्मी कांग्रेसको ‘सवल वडा सक्षम टोल’ अभियान

गुल्मी– नेपाली कांग्रेस गुल्मी गाउँ केन्द्रित अभियानमा जुटेको छ । सभापति खिलध्वज पन्थी नेतृत्वको कांग्रेसले नयाँ सोच, पद्धति र कार्यसम्पादनमा जोड दिएको छ । अभियानअन्तर्गत पहिलो कार्यक्रम गत २७ पुसमा ‘गुल्मी कांग्रेसको अठोट : सवल वडा सक्षम टोल’ अभियान ९३ वटै वडामा सकिएको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै सभापति खिलध्वज पन्थीले […]

कांग्रेस अधिवेशन : गुल्मी सभापतिमा पन्थी निर्वाचित

गुल्मी – नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित्त भएका छन् । जिल्लाको आठौँ अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा पौडेल पक्षको प्यानल नै विजयी भएको हो । पन्थी १ हजार २७१ मतसहित विजयी हुँदा देउवा पक्षका सभापतिका उम्मेदवार बेद थापा मगरले ३ सय ८४ मतमा चित्त बुझाए । उपसभापतिमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन् […]

कांग्रेस महाधिवेशन : गुल्मी, पाल्पा र अर्घाखाँचीमा छानिए क्षेत्रीय सभापति

बुटवल : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी, पाल्पा र अर्घाखाँचीमा क्षेत्रीय सभापति चयन भएका छन्। गुल्मीको क्षेत्र नम्बर १ बाट पारिश्वर ढकाल सभापतिमा निर्वाचित भएका छन्‍। सत्यवती गाउँपालिका अध्यक्षसमेत रहेका ढकालले सभापतिका अर्का आकांक्षी मुक्ती कँडेललाई ३६२ मतान्तरले पराजित गरेका हुन्। कुल ९३२ मत मध्ये ढकालले ६२७ र…