प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा विरोध कायम राख्ने भएको छ ।
सरकारले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने तयारी गरिरहँदा एमालेले संसद्मा अवरोध जारी राख्ने जनाएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विगतमा जस्तै संसद्मा आफूहरूको विरोध कायम रहने बताए ।
‘हाम्रो पोजिसनमा केही फेरबदल आएको छैन, विगतमा जस्तै विरोध जारी रहन्छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘हाम्रा माग पूरा नभएकाले उही कुरा दोहोर्याउन का...