ब्राण्डेड लुगा चिन्ने तरिका

काठमाडौंः आजभोलि हरेक कपडा व्यापारी आफ्नो सामान ब्राण्डेड भनेर बेच्न खोज्छन्। जानकारीका अभावमा ब्राण्डेड कपडा भनेर मानिसहरु ठगिने गर्छन्। ब्राण्डेड कपडाहरुको पहिचान कपाडाको ट्यागबाट गर्न सकिन्छ, तर आजभोलि अन्य नक्कली ब्राण्डहरु ...

सम्बन्धित सामग्री

‘आधुनिक फेसन’ले हामीलाई कहाँ पुर्‍याइरहेको छ ?

फेसन जीवनको एक तरीका हो, जुन विकसित भइरहन्छ । साथै यो सांस्कृतिक प्रतिबिम्ब पनि हो, जसले कपडा, जीवनशैली वा शरीर परिवर्तनहरू पनि समावेश गर्दछ । फेसनको प्रमुख पक्षका रूपमा यसको इतिहास, व्यक्तिले आफ्नो पहिचान व्यक्त गर्ने तरिका, प्रचलन, सिजन, फेसन उद्योग आदिलाई लिन सकिन्छ ।  फेसन व्यक्ति, समुदाय वा देश अनुसार फरक हुन्छ । यो गतिशील प्रकृतिको छ । मानिसहरूले लुगा लगाउने वा आफ्नो पहिचानलाई आधुनिकतामा फिट हुने रूपमा व्यक्त गर्नुलाई फेसन भन्ने गरेका छन् । आजको संसारमा फेसनलाई जसरी वर्णन गरिएको छ, त्यो केही हदसम्म सही छ । तर, फेसन भनेको व्यक्तिले आफूलाई प्रस्तुत गर्ने तरिका र त्यो प्रस्तुतिबाट प्रतिबिम्बित हुने उपयुक्तता बीचको सन्तुलन हो ।  चलिरहेको चलन र फेसनको बारेमा कुरा गर्दा ठूलो संख्यामा मानिसहरू (विशेषगरी युवाहरू) के लगाउने र कसरी देखिने भन्नेबारे चिन्तित भएका पाइन्छन् । यो चिन्ता पनि वास्तविक छ । तर, नतिजाहरू थाहा नपाई हाम्रो समाजमा आँखा चिम्लेर अरूको (चलचित्रहरू) नक्कल गर्नु वा अश्लीलता वा नग्नतालाई बढावा दिइरहेको पाइन्छ । यसलाई बढावा दिनु र आफूलाई पूर्णरूपमा फेसन फ्लक्समा राख्नु राम्रो संकेत होइन । समाजका लागि यो कति विनाशकारी हुन्छ भन्ने अनुमान गर्न सकिँदैन । अहिलेको परिस्थितिमा भएको ठ्याक्कै यही हो ।  नग्नता र अभद्र फेसनको प्रवर्द्धन कुनै पनि परिस्थितिमा फिट हुन सक्दैन, यसले मानिसको जीवन र सोच्ने शैलीलाई असर गरिरहेको छ । यो मुद्दामा सबैको ध्यान जानु अति आवश्यक छ । कपडा लगाउन शुरुआत गरिँदा यसको उद्देश्य मानव शरीरलाई ढाक्नु र मौसमी परिवर्तनबाट शरीरको रक्षा गर्नु थियो । पुरातन समयको ‘लुगा’हरूमा अहिले लगाइने गरिएका फ्याब्रिकहरू थिएनन् । त्यतिबेला ठूला पातहरू वा अन्य कुनै सामग्रीहरूले बनाएका लुगा लगाइन्थे । तर, लुगा लगाउनुको उद्देश्य भने (जसलाई सबैभन्दा बढी महत्त्व दिनु आवश्यक छ) शरीर ढाक्नु नै थियो । आजको फेसन संस्कृतिमा मानिसहरूले यो उद्देश्यबारे बेवास्ता गरेको पाइन्छ ।  अहिलेको फेसन लुगा लगाउनुको उद्देश्यलाई सही ठहराउन असफल भएको छ, यसले अश्लीलतालाई बढावा दिइरहेको छ । मानिसहरूले स्वतन्त्रताको नाममा परिणामलाई विश्लेषण नगरी अश्लील फेसनलाई बढावा दिइरहेको पाइन्छ । यो हरेक समाज र देशहरूमा देख्न सकिन्छ ।  मानिसहरूले ठाउँ वा वातावरणअनुसार होइन, अरुलाई प्रभाव पार्न हिसाबले लुगा लगाइरहेको देखिन्छ । मानिसहरूमा फेसनले सम्पूर्ण व्यक्तित्व र प्रभाव सिर्जना गर्छ भन्ने मानसिकता छ । यो मानसिकताबाट मानिसहरू बाहिर निस्कन आवश्यक छ ।  व्यक्तिले लगाएको लुगाबाट उसप्रति मानिसहरूको ‘छाप’ त पर्छ । तर, फेसन र लुगा हेरेरै मानिसहरूलाई मूल्यांकन गर्नु गलत हुन्छ । यसलाई आकर्षण गर्ने स्रोतको रूपमा प्रचार गर्नु कदाचित राम्रो होइन । लुगा लगाउँदा आफू कहाँ जाँदैछु, के लगाउन सहज हुन्छ आदि कुराको ख्याल राख्नु निकै आवश्यक हुन्छ, उदाहरणका लागि : ‘धरती’ नाम गरेका व्यक्ति नखुलेको सर्ट र प्यान्ट लगाएर जागिरको अन्तरवार्ता दिन जाँदैछन् । त्यस्तै, ‘आकाश’ नामका अर्काे व्यक्ति अन्डर सर्टसहित च्यातिएको जिन्स लगाएर जागिरको अन्तर्वार्ता दिन जाँदैछन् । यी दुई जनामध्ये कुन उपयुक्त वा स्वीकार्य छ भन्ने कुरा समाजले सजिलै छुट्याउन सक्छ । समाजमा विभिन्न उमेर समूहका, फरकफरक धारणा र मानसिकता राख्ने व्यक्तिहरू हुन्छन् । प्रत्येक व्यक्तिका आफ्नै सिद्धान्त र मान्यताहरू हुन्छन्, जुन निजले आफ्नो जीवनमा लागू गर्दछ ।  व्यक्ति समाजको एक प्रमुख हिस्सा भएकोले उसले सार्वजनिकरूपमा कुनै पनि काम गर्नुअघि नैतिकता, सीमितता र वैधताको बारेमा विभिन्न कारकहरू विचार गर्नुपर्छ । किनभने एक पटक केही कुरा सार्वजनिक भएपछि, यो व्यक्तिगत सरोकारको मात्र हुँदैन, यसमा धेरैको चिन्ता पनि समावेश हुन पुग्छ ।  फेसन भनेको सार्वजनिक रूपमा प्रचार गरिएको कुरा हो । किनभने समाजमा व्यक्तिहरूबीच विभिन्न प्रकारका अन्तरक्रिया हुन्छन्, जहाँ प्रत्येक व्यक्ति सार्वजनिक हुन बाध्य हुन्छ । यसका लागि मानिसहरूले आफूलाई कपडाले ढाक्छन् । यस अर्थमा फेसन निःसन्देह सार्वजनिक कुरा बन्न पुग्छ । त्यसैले हरेक व्यक्तिले फेसन वा लुगाको विषय र भावनाको सन्दर्भमा सधैं नैतिकता र सीमितताका निश्चित सीमाहरू कायम गर्नु अत्यन्तै आवश्यक हुन्छ ।  माथिको कुराले के स्वीकार गर्छ भने मानिसहरूले केही कारकहरूलाई ध्यानमा राखेर एक निश्चित तरिकामा लुगा लगाउनु पर्छ । साथै आफूलाई सहज महसुस गर्ने तरिकाको ड्रेसअपको महत्त्वलाई पनि सम्बोधन गर्नुपर्छ । फेसन भनेको यी दुई कुराहरू बीचको सन्तुलन हो । त्यसो भए यस परिप्रेक्ष्यमा, के अहिलेको अभद्र फेसन यो रूप र गतिमा प्रचार हुनु तर्कसंगत छ ? यसले हामीलाई कहाँ पुर्याइरहेको छ ? यदि कुनै पनि वस्तुलाई राम्ररी प्रयोग गर्न सकिएको छैन भने त्यो वस्तु अस्तित्वमा आउनुको उद्देश्य पूरा गर्दैन, बरु यसले तर्कहीनतालाई बढावा दिन्छ । त्यसकारण आजको फेसन तर्कहीन छ । आजको फेसन उद्योगको वृद्धिको पछाडिको प्रेरणा केही देखिँदैन । किनभने यसले मानव शरीरलाई कुनै पनि अर्थमार्फत चित्रण गर्न सकिन्छ भनेर वस्तुनिष्ठ बनाउने भावलाई बढावा दिएको छ । कपडा किन आविष्कार गरियो भन्ने उद्देश्यको पूर्ति अहिलेको फेसनलाई मान्न सकिन्छ र ? स्पष्ट रूपले सकिँदैन । अहिले चलचित्रहरू, र्‍याम्प शोहरू, सामाजिक सञ्जालहरूबाट फेसनका नाममा नग्नता र अश्लीलताको प्रवर्द्धन गरेको देखिन्छ । यस्ता पूँजीगत उद्योगको प्रभावमा परेर मानिसहरूले आँखा चिम्लेर फेसन अनुकरण गर्नु अझ डरलाग्दो छ । यो नक्कलले समाजमा ठूलो बाधा खडा गरेको छ, यसले बालबालिकादेखि युवायुवतीसम्म सबैको दिमाग खल्बल्याएको छ ।  फेसन र स्वतन्त्रताकाका नाममा नग्नता देखाउने र यसको वकालत गरिने कार्य बढिरहेको छ । यसले केवल अवास्तविक फेसन मापदण्डहरू र सौन्दर्य मापदण्डहरूलाई बढावा दिएको छ । र, व्यक्तिको सदावहार लुक्स र शारीरिक विशेषताहरूलाई चासो दिएको छैन । तसर्थ यो फेसन होइन ।  फेसन भनेको उपयुक्त, आरामदायी र समाजलाई स्वीकार्य लुगामा आफूलाई प्रस्तुत गर्नु हो । यसको मतलब कसैलाई मनपर्ने वा सहज महसुस गर्ने लुगा लगाउने स्वतन्त्रतामा कटौती गर्नु बिल्कुलै होइन । एक व्यक्तिले आफूलाई सहज महसुस गर्ने जुनसुकै पहिरन पनि रोज्न सक्छ । तर, यो स्वतन्त्रताको सँगसँगै हरेक व्यक्तिले आफूले परिस्थिति, स्थान वा परिवेश अनुसार उपयुक्त पहिरन लगाएको छु वा छैन भन्ने सोच्च आवश्यक छ । प्रायः बौद्धिक व्यक्तिहरूले यसरी नै आफूलाई प्रश्न गर्छन् । आधुनिकताका नाममा फेसनलाई पनि अभद्र जीवनशैलीलाई बढावा दिने खालको बनाइएको छ । अभद्र र निराधार जीवनशैलीलाई बढावा दिनुलाई आधुनिक फेसन भनिँदैन । बरु तर्कसंगत र सामाजिक हुनु आधुनिकता हो ।  आफू कस्तो देखिन्छु ? आफ्नो फेसन संस्कृति कस्तो छ ? आफूलाई अरुले कसरी हेर्ला ? यी विषयमा विवाद गर्नु केवल मुर्खता मात्र हुन्छ ।  तसर्थ हामीले यो कुरालाई स्वीकार गर्ने र यसलाई आफ्नो जीवनमा लागू गर्ने समय आएको छ । यसो गरे सजिलै आधुनिकता र प्रगतिलाई उत्थान गर्न सकिनेछ । (लेखक काठमाडौं स्कुल अफ लमा स्नातक तहमा अध्ययनरत छिन् ।)

प्रविधिसँगै बदलियो फोटो कल्चर, देखिन छाडे ‘फोटो स्टुडियो’

टीकापुर । समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे । यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे । आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ । टीकापुरकी सिर्जना पण्डित चाडपर्व तथा घरमा केही उत्सव हुँदा सम्झनाका लागि स्टुडियोमा गएर फोटो खिचाउँथिन तर अचेल समयले उनलाई बदलेको छ । उनले फोटो स्टुडियो नदेखेको एक दशक पुग्यो । “मोबाइल तथा घरमै क्यामरा भित्रिएपछि फोटो खिच्न स्टुडियो जानु परेन”, उनि भन्छिन्, “आजभोलि फोटो प्रिन्ट गरेर राख्ने चलन पनि हरायो । पुराना फोटो छन् कहिलेकाहीँ हेरिन्छ, रमाइलो लाग्छ ।” अर्की महिला टीका चन्दको अनुभव पनि यस्तै छ । पहिला स्टुडियोमा फोटो खिच्न जाँदा रकमको जोहो गर्ने, पहिल्यै पूर्वतयारी गर्ने गरेकी टीका पनि आजभोलि स्टुडियो जादिनन् । “पहिलाको फोटोको महत्व छुट्टै हुन्थ्यो । साथीहरुसँग सल्लाह गरेर नयाँ लुगा किनेका बेला, विद्यालयका कार्यक्रममा, कतै पिकनिक जाँदा खिचिन्थ्यो”, उनले भनिन्, “त्यो बेलाका फोटोको महत्व छुट्टै थियो । अहिलेका फोटोको महत्व छैन । सामाजिक सञ्जालमा राख्नका लागि मात्र खिचिन्छ । टीकाले समय समयमा पूराना फोटोका एल्बम छन् हेर्छिन्, यसरी हेर्दा रमाइलो लाग्ने उनको भनाइ छ । कैलालीकै नीता खड्का भण्डारी पनि विगतमा खुबै रहर गरेर स्टुडियोमा फोटो खिच्न जाने गर्थिन् । आजभोलि उनि पासपोर्ट साइजका फोटाका लागि मात्र स्टुडियो जाने गरेकी छन् । “त्यो बेला फोटो खिच्न जाने भनेपछि धेरै रमाइलो लाग्थ्यो”, उनले भनिन्, “स्टुडियोमा पालो कुरेर, लाइनमा बसेर फोटो खिचेको अझै याद छ ।” नीताले विवाहका फोटो, बच्चाहरु साना हुँदाका फोटो पनि सजाएर राखेकी छन् । उनिसँग चार एल्बम अझै छन् । “साथीहरुको समूहमा खिचेका एक फोटोबाट दर्जनौँ फोटा बनाउने गरिन्थ्यो”, उनि भन्छिन्, “सबैले एउटै खालका फोटा राख्ने गरिन्थ्यो ।” आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । यसमा आएका प्रतिक्रिया हेरेर रमाउँछन् । कैलालीकी मीना कुँवरले पनि स्टुडियो नदेखेको धेरै वर्ष भयो । “पहिला वर्षमा पाँच/छ पटक स्टुडियो गइन्थ्यो”, उनले भनिन्, “अहिले मोबाइलले फोटो खिचे पनि प्रिन्ट गरेर राख्ने चलन हरायो ।” दुई दशकदेखि टीकापुरस्थित मनकामना फोटो स्टुडियो सञ्चालन गरेका पदम विष्टको अनुभव पनि यस्तै छ । विगतमा स्टुडियोमा मानिसलाई पालो कुराएर फोटो खिच्ने पदमकहाँ आजभोलि फोटो खिच्न निकै कम आउँछन् । आउने पनि ‘पासपोर्ट साइज’को फोटोमात्रै खिच्न आउँछन् । फोटो खिचेरै विगतमा स्टुडियो चलाएका पदमले आजभोलि स्टुडियोमा अन्य सेवा दिन थालेका छन् । “मैले पनि स्टुडियो खासै नचलेपछि आजभोलि प्रमाणपत्र, मायाको चिनो, फोटो फ्रेम, ब्यानर प्रिन्ट, फोटोकपीजस्ता सेवा दिन थालेको छु”, उनले भने, “शुरू शुरूमा व्यवसाय शुरू गर्दा चाडपर्वका बेला स्टुडियोमा भीड हुन्थ्यो । विभिन्न संस्कृति झल्कने पोसाकमा फोटो खिचाउने आउँथे ।” स्टुडियो सञ्चालकले थारु समुदाय, मगर समुदाय र नेपाली पोसाकका कपडा र गहना स्टुडियोमै राखेका हुन्थे । यी कपडा र गहना लगाएर फोटो खिचाउने पनि उत्तिकै हुन्थे । एउटा फोटो खिच्न पनि तयारी गरेर, कुरेर खिच्नुपर्‍थ्यो । “बिग्रिएमा रिल खेर जान्थ्यो, त्यसैले मानिस तयारी गरेर खिच्थे”, उनि भन्छन्, “हामीलाई पनि व्यापार राम्रो भएपछि रमाइलै लाग्थ्यो । आजभोलि स्टुडियोमा फोटो खिच्ने मानिस आएपछि दङ्ग पर्छौं ।”  शिक्षक तारा साउँद सामाजिक सञ्जालको प्रयोगले फोटो खिच्ने र सार्वजनिक गर्ने तरिका बदलिएको बताउँछिन् । “हरेक कार्यका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, विगतमा खिचिने फोटो वर्षौंसम्म स्मृतिमा रहेका छन्”, उनि भन्छिन्, “आजभोलि सामाजिक सञ्जालमा सुरक्षित हुन्छन् । समय र प्रविधिले मानिसलाई बदलेको छ ।” शिक्षक साउँद सामाजिक सञ्जालमा व्यक्तिगत फोटो, पारिवारिक फोटो सार्वजनिक गर्नुका जोखिम पनि त्यतिकै रहेको बताउँछिन् । “मानिसका लुगा कपडा, गरगहना र परिवारको विवरण सामाजिक सञ्जालमा राख्नु त्यति राम्रो होइन”,  उनले भनिन्, “एकातिर आफैले फोटो खिच्दा समय र खर्च बचत हुन्छ, अर्कोतर्फ सामाजिक सञ्जालमा राख्दा यसले कहिलेकाहीँ जोखिम पनि हुनसक्छ ।” रासस

लगेजको अतिरिक्त पैसा नतिर्ने जुक्ति, साढे २ किलो लुगा पहिरिएरै विमान यात्रा

काठमाडौं । विमानमा यात्रा गर्दा लगेजको तौल तोकिएको भन्दा बढी भएमा अतिरिक्त पैसा तिर्नु पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा यात्रीले लैजान पाउने लगेजको तौल विमान कम्पनीपिच्छे फरक छ । उनीहरुले तोकेको भन्दा बढी तौलको लगेज भएमा थप शुल्क लाग्छ । यस्तो शुल्कबाट बच्न एउटी महिलाले भने अनौठो तरिका अपनाएकी छिन् । जेल रोड्रिगेज नाम […]

थीम रेस्टुराँमा विवाद

भैरहवामा सञ्चालनमा आएको जेल रेस्टुराँ जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बन्द गराएको र केही शर्तसहित सञ्चालन गर्न भनेको समाचार पढ्दा नेपालको प्रशासनिक क्षेत्रका मानिसले नयाँ सोचलाई स्वीकार गर्न नसक्ने तथ्य पुष्टि गरेको छ । जेलका कोठाहरू, हतकडी, बन्दुक, फाँसीको डोरीलगायत सामग्री राखेर जेलको थीममा सञ्चालनमा ल्याइएको रेस्टुराँमा खाना खाने ग्राहकले टिकटक र अन्य सामाजिक सञ्जालमा फोटो राखेपछि त्यो बन्द गराएको देखिन्छ । तर, व्यवसायीको विरोधपछि प्रशासन केही लचिलो त बनेको छ । तर, यसले थीम रेस्टुराँ के हो र किन यसप्रति आकर्षण छ भनेर प्रशासनिक संयन्त्रले नबुझेको देखिन्छ । डर, त्रास र आतंकको अनुभव गर्न र मृत्युको भयलाई नजिकैबाट हेर्न पनि पर्यटक जाने गरेका छन् । डार्क टुरिजम पर्यटनको सशक्त विधा बनेको छ । जेल थीमको रेस्टुराँ पनि यस्तै खालको हो । विश्वकै प्रवृत्ति पन्छाउँदै नेपालमा पनि थीम रेस्टुराँ खोल्ने लहर चलेको छ । कोरोना शुरू हुनु अघि रेस नेपालले पार्टी बस सञ्चालनमा ल्याएको थियो । बसभित्रै पार्टी मनाउने गरी यो रेस्टुराँ शुरू गरिए पनि कोरोनाका कारण सञ्चालन भएन । खानाका परिकार, पस्कने तरिका, साजसज्जा, भाँडाकुँडा आदिमा नयाँपन दिने क्रम निकै बढेको छ । साथै नेपालीमा बाहिर खाने प्रवृत्ति पनि बढ्दो छ । यही क्रममा रूपन्देहीमा जेलको थीममा रेस्टुराँ बनेको देखिन्छ । तर, प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले रेस्टुराँको नाम परिवर्तन गर्नुपर्ने, त्यहाँ प्रयोग गरिएका ‘थिम’हरू परिमार्जन गरेर सञ्चालन गर्नदिने बताएका छन् । हतकडी, फाँसीको फन्दा, बन्दुकहरू राखिएको जेल नै देखिनेजस्तो वातावरण हटाउनुपर्ने प्रशासनको भनाइ छ । यो भनेको थीम रेस्टुराँ के हो भनेर थाहा नहुनु हो । भिन्न स्वभाव र रुचि नै मानिसको चिनारी हो । मानिस जहिले पनि नयाँपनको खोजीमा रहेको हुन्छ । पर्यटनको शुरुआत पनि यसैबाट भएको हो । डर, त्रास र आतंकको अनुभव गर्न र मृत्युको भयलाई नजिकैबाट हेर्न पनि पर्यटक जाने गरेका छन् । डार्क टुरिजम पर्यटनको सशक्त विधा बनेको छ । जेल थीमको रेस्टुराँ पनि यस्तै खालको हो । थीम रेस्टुराँको इतिहास १९औं शताब्दीको प्रारम्भमा पेरिसबाट शुरू भएको मानिन्छ । त्यहाँको एउटा नाइट क्लब मृत्यु, स्वर्ग र नरकको थीममा सञ्चालन भएको थियो । त्यस्तै खालको रेस्टुराँ त्यसपछि न्यूयोर्कमा पनि त्यही समयमा खुलेको हो । यही बेलादेखि खाना खाने ठाउँ, खाना र खाना सर्भ गर्ने तरीकामा नयाँपनको खोजी हुन थालेको हो । डिज्नेल्यान्ड थीम पार्क खुलेपछि थीम रेस्टुराँ र होटलहरू खुल्ने क्रम झनै तीव्र भयो । स्पेनमा मेडियाभल टाइमको चेन रेस्टुँरा १९७० मा खुल्यो । हार्ड रक क्याफे, प्लानेट हलिवुड, रेनफरेस्ट क्याफे थीम क्यामेका उदाहरण हुन् । चीनको ताइपेमा शौचालय थीमको रेस्टुराँ छ । शौचालयमा बसेजस्तो गरी प्यान आकारको टेबलमा प्यान आकारको कटोरामा नै खाना पस्किइन्छ । त्यस्तै दक्षिण कोरिया एउटा यस्तो क्याफे छ जहाँ एक दर्जनभन्दा बढी जनावरहरू छन् । ती जनावरसँग जिस्किँदै खाना खाने व्यवस्था छ । सिंगापुरमा अस्पताल थीमको रेस्टुराँ छ । त्यहाँ अपरेशन टेबलमा खाना पस्किइन्छ । बिरामीले लगाउने लुगा लगाउनुपर्छ । सिरिन्जबाट सस लिनुपर्छ । स्टेथिस्कोप झुन्ड्याएका वेटरले सेवा दिन्छन् । न्यूयोर्कमा निन्जा थीमको रेस्टुराँ छ । निन्जाको पहिरन लगाएका कर्मचारी हुन्छन् । जापानको जेल थिमको अल्कार्टज रेस्टुराँ पनि विशेष छ । यसमा जेलको सेलमा ग्राहक थुनिन्छन् र टेबलमा हतकडी हुन्छ । एयरप्लेन थीमको रेस्टुराँ छ, ताइवानमा । विमानमा यात्रा गरेजस्तै गरी खाना खान सकिन्छ । ताइपेमा स्काइ रेस्टुराँ छ जहाँ आकाशमै रहेर खाना खाएको अनुभव गर्न सकिन्छ । यसमा वेटरले एयर होस्टेसको ड्रेस लगाएका हुन्छन् । यस्तै स्पेनको भूकम्पको थीममा बनेको रेस्टुराँ छ जहाँ खाना खाँदै अचानक ठूलो भुइँचालो आउँछ र अँध्यारो हुन्छ । लेबनानमा सेनाको थीममा बनेको रेस्टुराँ छ । यहाँका भित्ताहरू, गोलाबारुद, क्यामरुफेज जालका साथ सजाएका पर्खालहरू हुन्छन् । बन्दुक र हेलिकोप्टरका आवाज आइरहेको हुन्छ । भान्साको नाम पनि सैन्य संरचनाअनुसारका छन् । विश्वभरि नै मृत्युदण्ड, जेल, मृत्यु र नरकजस्ता थीम रेस्टुराँप्रति मानिस आकर्षित भएको पाइन्छ । तीमध्ये जेल थीमको रेस्टुराँ प्रायः मुलुकमा पाइन्छन् । भारतमा मात्रै जेलको थीममा सयौं रेस्टुराँ सञ्चालनमा रहेका छन् । नेपालमा पनि थीम रेस्टुराँ खुल्न थालेको केही समय भएको छ । थ्रीडी चित्र भएका, सांस्कृतिक झलक दिने, रूख जंगलको छनक दिने विविध खालका थीम रेस्टुराँ खोल्ने क्रम तीव्र बनेको छ । रेस्टुराँमा नयाँपन दिने क्रममा नै भैरहवामा जेल थीम रेस्टुराँ सञ्चालनमा आएको देखिन्छ जुन भारतमा भएको जेल रेस्टुराँबाट प्रभावित छ । अहिले प्रशासनले जेल थीम र नाममै आपत्ति देखेको पाइन्छ । त्यसैले नाम फेर्न र थीममा परिवर्तन गर्न दबाब दिएको हो । तर, यसमा आपत्ति देख्नुपर्ने र बन्देज नै लगाउनुपर्ने कारण नै छैन । विश्वभरि चलेको प्रवृत्ति नेपालमा किन अनुपयुक्त भयो भन्ने प्रश्नको जवाफ प्रशासनसँग देखिँदैन । भारतमा मात्रै सयौं रेस्टुराँ जेलको थीममा बनेका छन् । मानिसहरू हतकडी लगाएर खाना खाइरहेको फोटो सामाजिक सञ्जालमा हालिरहेका छन् । विश्वभरि यो अनुपयुक्त नहुने तर नेपालमा चाहिँ आकाशै खसेजस्तो गर्नुपर्ने कारण देखिँदैन । फरक अनुभव सँगाल्ने चाहने खानाका पारखीहरू यस्तो रेस्टुराँमा आउँछन् । अमेरिका, बेलायत, जापान, थाइल्यान्ड, दक्षिण अफ्रिकादेखि धेरै देशमा जेल ढाँचाका रेस्टुराँहरू खुलिसकेका छन् र यसको इतिहास निकै लामो छ । तर, ती देशमा सरकारले जेलको संरचना जस्तो देखिएको तथा खेलौना बन्दुक र डोरीजस्ता कुरा राख्दैमा बन्दै गरेको पाइँदैन । आमप्रवृत्तिभन्दा फरक खालका हुने भएकाले झट्ट हेर्दा र सुन्दा अनौठो लाग्ने यस्ता रेस्टुराँ चर्चामा रहेको पाइन्छ । नेपालमा पर्यटन व्यवसायलाई बलियो बनाउनु छ भने नयाँ थीम, नयाँ शैली र नयाँ खालका सेवासुविधा दिने होटल, रेस्टुराँ खोलिनु आवश्यक हुन्छ तर त्यसले अपराधलाई मलजल गर्नु हुँदैन । त्यसमा कडा नियमन चाहिन्छ । तर, व्यवसायको मर्म नबुझी कुनै व्यवसाय बन्द गराउन लगाउने प्रवृत्तिले व्यावसायिक वातवरण बिथोल्ने काम गर्छ ।

३५ वर्षमा १६ करोड बचत, महिलाले अपनाइन् यस्तो तरिका !

लुगा नकिनेर र महँगो होटलमा खाना नखाएर १६ करोड रुपैयाँ बचाउन सकिँदो रहेछ । यो कहानी एक यस्ती महिलाको हो जसले फजुलखर्च नगरेर १० करोड रुपैयाँ जोगाएको र ३५ वर्षको उमेरमा नै कामबाट अवकाश लिएको दाबी गरेकी छिन् । यी महिलाको नाम केटी डोनेगन हो । पछिल्लो दुई वर्षदेखि केटी आफ्ना श्रीमान् एलनसँग थुप्रै विदेशको भ्रमण गरिरहेकी छिन् । केटी डोनेगनले ‘द सन’ सँगको कुराकानीमा आफूलाई सानैबेलादेखि फजुल खर्च गर्न मन नपर्ने बताइन् । उनले भनिन्, ‘हामीसँग साधारण जीवनयापनका लागि पैसा थियो तर विलास

नाम मात्रको ‘स्मार्ट लकडाउन’

काठमाडौं उपत्यकाको व्यापारिक केन्द्र असन बजारको फुटपाथमा बुधबार साना नानीहरुका लुगा बिक्रीका लागि ग्राहकहरुसँग मोततोलमा व्यस्त थिइन् ईश्वरी थापा । असनको साँघुरो गल्लीमा रहेको ईश्वरीको पसलमा ग्राहकहरु पनि मोलमोलाइमा व्यस्त थिए ।ईश्वरीसँगै उनको पसलमा आउने ग्राहकलाई देख्दा लाग्थ्यो कोरोना महमारीको जोखिम नै छैन । पसलमा आउने ग्राहक र उनीबीच न सामाजिक दूरी कायम थियो, न मास्क लगाउने तरिका नै सही थियो ।कोरोना महामारीलाई लक्षित गरी निर्धारित जनस्वास्थ्यका मापदण्डबारे ईश्वरी र उनको पसलमा आउने ग्राहकलाई जा

कसरी उमार्ने जमरा ? यस्तो छ तरिका

दशैंको उल्लासमा तपाईं के के कुरा याद गर्नुहुन्छ ? नयाँ लुगा, माछामासुको स्वादिलो परिकार, सफासुग्घर घर, रातो टिका, जमरा । दशैंका अनेक विशेषता छन् । भोलि घटस्थपापना । अर्थात दशैंको सुरुवात । भोलि घर-घरमा पूजाआजा …