काठमाण्डाै - कारोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले अहिलेसम्म २५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लगाएको छ ।
कोरोनाको दोस्रो लहरको सङ्क्रमणदर र मृत्युदर उच्च भएपछि सरकारले २१ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाएको हो । त्यस्तै, चार जिल्लाका सङ्क्रमण दर बढी भएका पालिकाहरुमा निषेधाज्ञा लगाइएको छ ।
बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुमपश्चिम, डडेल्धुरा, झापा, गुल्मीमा पूर्ण निषेधाज्ञा लगाइएको छ । ...