काठमाडौं । बैतडीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। यसअघि गत असोज २१ गते राति बाजुरालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रश्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ । धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै उहाँले ट्रमा सेन्टर निर्माणको लागी टेन्डर प्रक्रिया पूरा भइसकेको बताउनुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयबाट आवश्यक तयारी पुरा गरेर पूर्वाधार विकास मन्त्रालयमा फाईल पुगिसकेको जानकारी दिनुभयो […]
धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन् । आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिएन् । उनले प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र […]
काठमाडौँ । दसैँ मनाउन गाउँघर गएका यात्रुहरू चाडपर्व सकिएसँगै काठमाडौँ उपत्यका फर्किन थालेका छन्। यात्रुको चाप बढेसँगै उपत्यका भित्रिने प्रमुख नाका तथा सडकखण्डमा सवारीसाधनको आवागमन बाक्लिएको छ। काठमाडौँको कलंकी क्षेत्रमा पनि सार्वजनिक सवारीसाधनमा यात्रुहरू फर्किने क्रम बढेको देखिन्छ। केही दिन सुनसान बनेको उपत्यकामा यात्रुको आगमनसँगै चहलपहल बढ्न थालेको छ।