एमाले जेठ २ मा फर्कियो कि फागुन २८ मा ?

एमाले स्थायी कमिटीले मंगलबार माओवादी केन्द्रसँग एकता हुनुअघिको केन्द्रीय कमिटीलाई ब्युँताउने, महाधिवेशन आयोजक कमिटी भंग गर्ने र आयोजक कमिटीबाट भएका निर्णय स्वतः खारेज हुने निर्णय गरेको थियो । तर एमालेले पार्टीभित्रको असन्तुष्ट समूहले समेत प्रश्न खडा गरेको आयोजक कमिटीको बुधबारका लागि पूर्वनिर्धारित बैठक स्थगित गरेन ।

सम्बन्धित सामग्री

एमाले फर्कियो जेठ २ मा

एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएको छ। यसकै सन्देश दिन सोमबार सुरु केन्द्रीय कमिटी बैठकलाई १० औं बैठक भनिएको छ। नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नौवटा बैठक माओवादी केन्द्रसँगको एकताअघि २०७५ जेठ ३ सम्ममा बसेका थिए। तर, नेकपा एकता बदर भई गत फागुन २३ गते साविक पार्टीहरू ब्युँतिएपछि बसेका एमालेका चार बैठकलाई विशेष बैठकमा परिणत गरिएको छ। प्रवक्ता प्रदीपकुमार ज्ञवालीले असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमै यो बैठकलाई १० औं भनिएको बताए। प्रवक्ता ज्ञवालीका अनुसार २०७५ जेठ २ गतेपछिको निरन्तर सिलसिला...