खरिद र अनुदानसहित ८० लाख खोप सुनिश्चित

पछिल्लो समय सरकारले कोरोना विरुद्धको खोप आयात गर्ने प्रक्रियालाई तीव्रता दिएपछि आम नागरिकले खोप पाउने सुनिश्चिता भएको छ ।अमेरिका र जापानले दिएको ३१ लाखबाहेक मित्रराष्ट्र चीनबाट यसअघि आएको ८ लाखसहित २ हप्ताभित्र थप ३२ लाख भन्दा बढी मात्रामा खोप आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनको १५ गतेसम्म चीनबाट ३२ मात्रा भेरोसेल खोप […]

सम्बन्धित सामग्री

खोप सुनिश्चित (सम्पादकीय)

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने नीति र प्राथमिकताअनुसार सरकारले खोप सुनिश्चित गरेको छ । तीन महिनाअघि वर्तमान सरकार गठन हुँदा असोज मसान्तसम्ममा एकतिहाइ र चैतभित्रमा पूर्ण खोप लगाउने लक्ष्य राखेको थियो । अहिले खोप लगाउन योग्य बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गरिएको सरकारले जनाएको छ । अहिलेसम्म खरिद र अनुदानबाट दुई करोड ८० लाख मात्रा खोप प्राप्त गरिसकेको छ । त्यसक्रममा पाँच करोड मात्रा सुनिश्चित भएको जनाइएको छ ।