इन्द्रावतीमा १० करोड लगानीमा लिफ्ट खानेपानी

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा १० करोड रुपैयाँ लगानीमा लिफ्ट खानेपानी परियोजना निर्माण भएको छ । परियोजनाबाट ५०० घरधुरी लाभान्वित हुने बताइएको छ । ‘जापान एशियन एशोसिएशन एण्ड एशियन फ्रेन्डशिप सोसाइटी नेपाल’ नामक संस्थाको सहयोगमा निर्माण गरिएको लिफ्ट खानेपानी परियोजना स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको रोहवरमा सोसाइटीको अध्यक्ष नोरीको आचुताबाट बुढिचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लीलामणि आचार्यलाई परियोजना हस्तान्तरण गरिएको छ । सोसाइटीले ३ वर्ष अघिदेखि लिफ्ट परियोजना कार्यक्रम सञ्चालनमा ल्याएको थियो । इन्द्रावती गाउँपालिका–१० को पुछार झ्याँडी खोलादेखि बोरिङ गरी लिफ्टमार्फत पालिकाको पर्यटकीयस्थल बुढीचौरसम्म पानी लिफ्ट गरेर ल्याइएको इन्द्रावती गाउँपालिका–१० का वडाध्यक्ष जीवनकुमार थापा मगरले बताए । उनका अनुसार यो कार्यक्रमले इन्द्रावती गाउँपालिका–१० का सम्पूर्ण बस्तीलाई समेटेको छ । परियोजनाबाट पिउने पानी मात्रै नभई वडाभरकै सम्पूर्ण घर परिवारलाई कृषिमार्फत जीविकोपार्जनमा सहयोग पुग्ने उनको भनाइ छ । स्थायी र अस्थायी गरी करीब ४ हजार २०० जनसंख्या बसोवास गर्ने सो वडामा लामो समयदेखि पानीको समस्या थियो ।

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि १० करोड रुपैयाँ खर्च हुँदै

काठमाडौं, चैत १२ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो […]

‘महापुरुष’ ले १० करोड कमाएको खुसीमा काटियो केक

कार्तिक ११ देखि प्रदर्शनमा आएको यो फिल्म ‘महापुरुष’ प्रदर्शनको पाँचौ हप्तामा छ । पाँचौ हप्तामा राम्रो व्यवसाय गरिरहेको फिल्मले अहिलेसम्म १० करोड ग्रस व्यवसाय गरिसकेको छ । फिल्मले १० करोड ग्रस व्यवसाय गरेको खुसीको निर्माण युनिटले सबैमाझ खुसी बाँडेको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सफलताको खुसीमा केक  काटेको हो । ‘फिल्मले राम्रो व्यवसाय गर्न सफल भएको छ । यो सबैको मायाको कारण सम्भव भएको हो’ निर्देशक भट्टराईले भने, ‘यो खुसी सबैमाझ

२ महिनामा वीरगञ्जको आय १० करोड

५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ महिनामा १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० को साउन १ देखि भदौ ३१ गतेसम्म महानगरले १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा ८ करोड ३५ लाख २० हजार […]

डिभिजन वन कार्यालय बाराद्वारा १० करोड बेरुजु फर्छ्योट

बारा – डिभिजन वन कार्यालय बाराले १० करोड बेरुजु फर्छ्योट गरेको छ। करिब एक दशक पुरानो १६ करोड बेरुजु मध्ये गत वर्षसम्म १० करोड बेरुजु फर्छ्योट गरेको हो। १६ करोड बेरुजु मध्ये ९ करोड सव डिभिजन र ईलाका वन कार्यालयहरुमा रहेका काठहरु समय मैं लिलाम नहुँदा लगतमा रकम चढाइएको तर बिक्री नभएका जोखिमयुक्त काठहरुको मात्रै […]

राष्ट्र बैंकले साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेखित निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ । सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुले पाउनेछन् भन

जम्मु कश्मिरमा १० करोड लगानी सम्झौता

जम्मु कश्मिर सरकारले दुबईस्थित सेन्चुरी फाइनान्सियलसँग १० करोड अमेरिकी डलर बराबरको लगानी सम्झौता गरेको छ । जम्मु कश्मिरमा होटल तथा व्यापारिक र निजि आवास कम्प्लेक्सहरु निर्माणका लागि सरकारले सेन्चुरीसँग समझदारीपत्रमा...

विश्वभर चिनियाँ कम्पनी ‘रियलमी’को १० करोड स्मार्टफोन

काठमाडौं। रियलमी कम्पनीको स्मार्टफोन विश्वमा १० करोड युनिट बिक्री भएको छ। यो अहिलेसम्म विश्वमा बिक्री भएको सबैभन्दा धेरै स्मार्टफोन हो। कोभिड–१९ महामारीका बाबजुद रियलमीको स्मार्टफोनले बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको हो। सन् २०२० र २१ मा पनि रियलमीले आफ्नो बजार आक्रमक रुपमा विस्तार गर्‍यो। फल स्वरुपः सबैभन्दा धेरै १० करोड वटा स्मार्टफोन बिक्री गर्न सफल भएको हो।

सेरमले जुन महिनामा १० करोड खोप आपूर्ति गर्ने

एजेन्सी, १६ जेठ । खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले जुन महिनामा १० करोड कोरोना भाइरसविरुद्धको खोप भारत सरकारलाई उपलब्ध गराउने भएको छ । सेरमले अक्सफोर्डको भ्याक्सिन कोभिसिल्ड उत्पादन गरिरहेको र अबको केही दिनभित्रै उपलब्ध गराउने जानकारी गराएको हो । सेरमले सरकारलाई १० करोड खोप जुनभित्रै उपलब्ध गराउने विषय टाइम्स अफ इन्डियामा खबर छ […]

सय दिनमा १० करोड खोप

एकातर्फ सुस्त र अव्यवस्थित खोप अभियान र अर्कोतर्फ कोभिड–१९ बिरामीको बढ्दो संख्या । यी दुवै समस्यासँग लड्न अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेको पहिलो सय दिनमा सय मिलियन (१० करोड)...