पर्वत जिल्लाभर निषेधाज्ञा

पर्वत (अस) । कोरोना संक्रमित बढ्दै गएपछि पर्वतमा जिल्लाभर १० दिनका लागि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिशमा जिल्ला प्रशासन कार्यालयले मंगलवार राति १२ बजेदेखि लागू हुनेगरी जेठ ७ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ देखि कुश्मा नगरपालिकामा मात्रै निषेधाज्ञा लागू भएको थियो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी गरिएको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न रोक लगाइएको उल्लेख छ । यस्तै मठमन्दिर तथा धार्मिक स्थल बन्द रहनेछन् भने विवाह र मृत्यु संस्कारमा १० जना मात्रै सहभागी हुन पाइनेछ । यसैगरी अत्यावश्यक सेवा बाहेकका पसल बन्द गर्ने, सरकारी कार्यालयमा न्यूनतम कर्मचारीमार्फत मात्रै सेवा प्रवाह गर्ने, सार्जजनिक तथा निजी सवारीसाधन चलाउने रोक लगाउने, विकास निर्माणका काम नरोक्ने, तर कार्यास्थलमै मजदूरलाई खाने, बस्ने व्यवस्था गर्ने, लघुवित्त, सहकारी तथा बीमा कम्पनी बन्द गर्ने लगायत निर्णय भएका छन् । यस्तै औषधि तथा स्वास्थ्यका सामग्री किनबेच हुने पसल २४ घण्टा खुला राख्न दिने, एम्बुलेन्स, शववाहन, दमकल, खाद्य सामग्री, निर्माण सामग्री, दूध, दही, पानी, पेट्रोल आदि बोकेका सवारीसाधन सञ्चालनमा रोक नलगाउने प्रशासनले बताएको छ ।

सम्बन्धित सामग्री

बागलुङ–पर्वत जोड्ने पुल सञ्चालन

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८, ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच...

सडकमै सवारीको यान्त्रिक अवस्था जाँच्दै पर्वत ट्राफिक

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सडकमा नै सवारीको यान्त्रिक अवस्थाको परीक्षण गर्ने अभियानको थालनी गरेको छ।यान्त्रिक अवस्था परीक्षण नगरिएका तथा यन्त्रमा समस्या देखिँदा देखिँदै पनि जबरजस्ती सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले बेला बेलामा छड्के रूपमा यान्त्रिक अवस्थाको बारेमा जानकारी लिने गरी परीक्षण गर्न थालिएको हो। गत वैशाख २५ देखि सुरू भएको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ स्थित मालढुङ्गामा पर्वत, बागलुङ र म्याग्दी आउजाउ गर्ने सवारी

पर्वत ट्राफिक : आठ हजार सवारीलाई कारबाही गरेर ६० लाख राजश्व

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले नौ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झन्डै ६० लाख रुपैयाँ राजश्य सङ्कलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चालू आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि चैत महिनासम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारीहरूलाई गरिएको कारबाहीबाट उक्त राजश्व सङ्कलन भएको हो। बजार क्षेत्र, ग्रामिण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा गरिएक नियमित तथा छड्के अनुगमनका क्रममा

चुनावका कारण पर्वत जिल्ला अदालतको सेवा प्रभावित, सेवाग्राहीलाई सास्ती

पर्वत। पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाकी लक्ष्मी घर्ती कात्तिक २० गते आइतवार पर्वत जिल्ला अदालत आउनुभयो । उहाँ २०७६ सालमा दर्ता गरेको जालसाजी मुद्दाको पेसी सुनुवाइ हुने गरी तारेख तोकिएपछि अदालतमा आउनुभएको थियो तर अदालतले त्यस दिन पेसी स्थगित भएको सूचना दिएर घर फर्कायो । घर्तीले २०७६ फागुनमा दर्ता गरेको जालसाजी मुद्दा अहिलेसम्म […]

हेर्न जाने हैन त सिसाको पुल ?, पर्यटनको हब बन्दै पर्वत जिल्ला

फागुन २४, पर्वत । पर्वतको कुश्मा नगरपालिका ५ चाक्लेको डीलमा सिसाको पुल बनेको छ ।  पर्यटक आकर्षित गर्ने उद्धेश्यले जिपलाइन सञ्चालन गरिरहेको हार्नेस कम्पनीले सिसाको पुल निर्माण गरेको हो । कालीगण्डकी नदीमाथिको भीरमा बनेको सिसाको पुल खोला वा नदी तर्न भने बनाइएको होइन । साहसिक पर्यटनमा रमाउनेका लागि पुल बनाइएको हार्नेस कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए ।  उक्त पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सोमवार उद्घाटन गरे । उनले पर्वतमा निजी क्षेत्रले पर्यटनमा ठूलो लगानी गरेको बताउँदै राज्यले पनि प्रोत्साहन गर्ने बताए । पर्वत जिल्ला पर्यटनको हब बन्दै गएकोमा तिमिल्सिनाले खुशी व्यक्त गरे ।  कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुबै लिन सक्ने गरि पुल बनेको छ । एकैपटकमा १०० जनासम्मले स्काइब्रिजको मज्जा लिन सक्ने बस्नेतले जानकारी दिए । पुल ३५ फिट लामो र ११ फिट चौंडाइ छ । ‘सिसाको पुल नेपालको लागि पहिलो पुल हो’, उनले भने, ‘अहिले युवाहरुको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौ ।’ अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए । स्काइब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङसँगै छ । उक्त कम्पनीले कुस्माबजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतवारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० ओटा जोडीले मज्जा लिएको सञ्चालक सुनिल बानियाँले जानकारी दिए । कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जीपलाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँहरुबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक बानियाँले बताए । जिपलाइनका लागि ३ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

पर्वत जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ  लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय (एलआईसीएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो।

पर्वत कारागारका कैदीलाई पुस्तकालयको व्यवस्था गरिने

पर्वत : जिल्ला कारागार पर्वतमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीहरूको लागि पुस्तकालयको निर्माण गरिने भएको छ।विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले अध्ययनबाट उनीहरूको सोचाइ र व्यवहारमा परिवर्तन ल्याउन सजिलो हुने भन्दै पुस्तकालयको स्थापना गर्न लागिएको हो।अध्यक्ष अर्जुन पौडेल ‘निर्जन’ ले बन्दी जीवन बिताइरहेकाहरूलाई आफू बन्दी हुँ भन्ने भावना त्यागेर केही कुरा अध्ययन गरी निस्कने बेलामा अध्ययनशील, सकारात्मक सोच भएको र सामाजिक रूपमा हुने घुलमिलका लागि सहज भन्ने

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत : जिल्ला अस्पताल पर्वत गण्डकी प्रदेशको उत्कृष्ट बनेको छ। प्रदेशका ११ वटा अस्पताललाई पछि पार्दै पर्वत अस्पताल उत्कृष्ट बनेको हो।गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका ११ वटा जिल्लाका अस्पतालहरूलाई विभिन्न १२ वटा सूचकहरूको आधारमा प्रदान गरेको अंकमा पर्वत अस्पतालले ७४.९४ अंक प्राप्त गर्दै प्रदेशमा नै प्रथम भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।‘न्यूनतम सर्त मापन मूल्यांकनमा लगातार दुई वर्ष प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल पर्वत अस

पर्वत रेडक्रसलाई गैरआवासीय नेपालीले दिए एम्बुलेन्स

पर्वत : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् र अन्तर्राष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखालाई एम्बुलेन्स प्रदान गरेका छन्।परिषद् सदस्य तथा समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठको पहलमा करिब १४ लाख मूल्य बराबरको एम्बुलेन्स पर्वत रेडक्रसले पाएको हो। एम्बुलेन्स पहलकर्ता श्रेष्ठले पर्वत रेडक्रसका सभापति रुद्रबहादुर रिमाललाई हस्तान्तरण गरेका छन्।बिरामी भएको बेलामा तथा उद्धार गर्नका लागि जिल्लाका थुप्रै ठाउँमा एम्बुलेन्सको आवश्यकता रहेको भए पनि रेडक्रसलाई सहयोग गरेपछि सब

पर्वत : विकासका काममा कोरोना प्रभाव न्यून, निर्माण धमाधम

पर्वत : कोरोना सङ्क्रमणको जोखिमका कारण जारी गरिएको निषेधाज्ञाका कारण पर्वत जिल्ला पनि सुनसान छ। न त मानिसको भिडभाड, न त खुलेका पसल व्यवसाय नै! कोरोना कहरमा जारी भएको निषेधाज्ञाको बेलामा अधिकांश गतिविधिहरू ठप्प अवस्थामा छन्। तर, राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गत वर्ष जस्तो प्रभाव पारेको छैन। राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, यसका शाखा तथा पुल निर्माण सामान्य रूपमै भइरहेको छ।यसैगरी, मोदी खोलामा निर्माणाधीन ३ वटा जलविद्युत् आयोजना, नयाँ मोदी