सिमेन्ट उद्योग जाने सडक अवरुद्ध

दाङ – दाङमा सम्राट सिमेन्ट उद्योग जाने सडक अवरुद्ध पारिएको छ। लमही नगरपालिका–७ मा गठित सम्राट सिमेन्ट प्रभाबत संघर्ष समितिले आइतबारदेखि अनिश्चितकालीन सडक अवरुद्ध गरेको हो। सम्राट सिमेन्ट उद्योगले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्। संघर्ष समितिले एक हप्ते अल्टिमेटम दिँदै लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, वडा कार्यालय […]