भ्रष्टाचार गरेको अभियोगमा आयोगले गर्‍यो लेखासहायकदेखि सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता शीर्षकमा निकासा भएको दुई लाख ४५ हजार रुपैयाँ रकम भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटका तत्कालीन सुवानाउली गाविसका सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन सुवानाउली गाविसका सचिवत्रय किरण न्यौपाने, चिरञ्जीवी जिसी, गोकर्णराज शर्मा र लेखा सहायक लक्ष्मीप्रसाद शर्माले आपसी मिलेमतोमा आर्थिक वर्ष…