एमसिसीको विरोध गर्ने दुई दर्जन प्रदर्शनकारी गिरफ्तार

काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोध गरेर नाराबाजी गरेका दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले पकाउ गरेको छ।बानेश्वरस्थित संघीय संसद भवन रहेको क्षेत्रमा एमसिसीको विरोधमा उत्रिएकाहरूलाई प्रहरीले पकाउ गरेको हो।एमसिसीको विरोधमा नाराबाजी गर्नेहरू बढ्दै गएपछि बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्थालाई अहिले कडाइ गरिएको छ। तस्वीर : शिला तिम्सिना