ललितपुर नगर प्रहरी अब चौबीसै घण्टा परिचालित

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई अब चौबीसै घण्टा परिचालन गर्न थालेको छ ।  २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो । स्थापनाको २३ वर्षपछि मंगलबारबाट नगर प्रहरीलाई चौबिस घण्टा ड्युटीमा परिचालन गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । नगर प्रहरीले हटलाइन सेवा पनि शुरु गरेको छ । पुल्चोकस्थित दमकल मोडमा रहेको कार्यालयमा कन्ट्रोल रुप खडा गरेर ०१–५९०९७७७ नम्बरको हटलाइन नम्बर शुरु गरिएको छ । सो नम्बरमा सूचना आएको १५

सम्बन्धित सामग्री

आजदेखि ललितपुर नगर प्रहरी ‘छडी’ बोकेर ड्युटीमा खटिने

ललितपुर महानगरपालिकाअन्तर्गतको नगर प्रहरी आजदेखि छडीसहित ड्युटीमा खटिने भएको छ । आत्मसुरक्षाका लागि नगर प्रहरीलाई छडीसहित ड्युटीमा खटाउन थालिएको हो ।  नगर प्रहरी प्रमुख सीताराम हाछेथूले यस नियमले नगरक्षेत्रमा शान्तिसुरक्षा कायम राख्न थप...

सडकमा फ्याँकिएका प्लाष्टिकका फोहर उठाउँदै ललितपुर नगर प्रहरी

काठमाण्डाै - ललितपुर महानगरपालिकाको नगर प्रहरीले सडक र गल्लीहरुमा फ्याँकिएका चाउचाउ, चकलेटका खोल तथा प्लास्टिकका टुक्रा टिप्ने अभियान शुरु गर्दैछ । यस्ता फोहर उठाउन नगरप्रहरीको गाडीमा एक जना चालक र  एक जना नगर प्रहरी गरी दुई जना खटिनेछन् । महानगरका २९ वटै वडामा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म गाडी चालकसहित नगरप्रहरी फोहर उठाउँदै टोल टोलमै पुग्ने छन् ।  यो अभियानले ललितपुर महानगरपालिकाललाई थप सफा र सुन्दर बनाउन सहयोग गर्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो । 'आफ्नाे घर सफा गरे...

अरुभन्दा फरक ललितपुर नगर प्रहरी

७ वैशाख, काठमाडौं । फुटपाथमा आतंक मच्चाउँदै साना व्यवसायीको सामान खोस्ने, पार्किङबाट सवारी उठाउने, घुस असुल्ने जस्ता कृत्यका कारण शहरहरुमा नगर प्रहरीको छवि राम्रो छैन । संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाकै नगर प्रहरीको कार्यशैली सधैं आलोचित रहँदै आएको छ । ललितपुर नगर प्रहरीले भने भिन्न अभ्यासबाट फरक छवि बनाएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जन […]

ललितपुर नगर प्रहरी : महिला पनि के कम ?

मुसा–बिरालोको खेल जस्तो देखिन्थ्यो, नगर प्रहरी र फुटपाथे पसलेहरुको दिनचर्या । नगर प्रहरी देख्ने बित्तिकै फुटपाथे पसलेहरु आफ्नो सामान लुकाउन दौडादौड गर्थे । कहिलेकाहीँ नगर प्रहरी उदार भइदिन्थ्यो । तर दशा बिग्रिएको बेला समातिन्थ्यो फुटपाथे पसले । अनि झ्याइँकुटी पार्थे नगरप्रहरीले । साथै सबै सरसामान पनि सोहोरेर लान्थे । जरिबाना तिरेर फिर्ता भए नि सामान दुरुस्तै भने पाइन्थ्यो ।विभिन्न हन्डर र ठक्कर खाएकी उनले डेढ वर्षअघि नगर प्रहरीको रुपमा जागिर सुरु गरेकी थिइन् । त्यतिबेला फुटपाथको पसल उठाउनु

ललितपुर नगर प्रहरी ऐतिहासिक सम्पदामा खोलिएका पसल हटाउँदै (भिडियो)

ललितपुर महानगरपालिकाले महानगरभित्रका सम्पदाको संरक्षणका लागि फुटपाथ पसल हटाउने अभियान सञ्चालनमा ल्याएको छ । अतिक्रमित सम्पदामा सञ्चालन भएका कपडा तथा तरकारी पसलहरू महानगरका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा शनिबारदेखि हटाउन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रभित्रका पाटीपौवा, सार्वजनिक स्थल अतिक्रमण हुँदै आएकोमा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरूको विनाश रोक्न यो अभियान सञ्चालनमा ल्याएको नगर प्रहरी प्रमुख हाछेथु बताउँछ

ललितपुर नगर प्रहरी चौबीसै घण्टा परिचालन

काठमाण्डाै – ललितपुर महानगरपालिकाको नगर प्रहरी अब चौबीसै घण्टा परिचालन हुने भएको छ । यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी हुँदै आएकोमा अबदेखि चौबीसै घण्टा खटिने ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो । नगर प्रहरीले ०१–५९०९७७७ नम्बरको हटलाइन सेवा पनि सुरु गरेको छ । यो नम्बरमा सूचना प्राप्त भएको १५ मिनेटमा ठाउँमै पुग्नेगरी संरचना तयार गरिएको हाछेथुको दाबी छ । पुल्चोकमा रहेको दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा...

नगर प्रहरीलाई नेपाल भाषा सिकाउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई नेपाल भाषा सिकाउन थालेको छ । पुल्चोक स्थित नगर प्रहरीको कार्यालयमा दुई साता सम्म सञ्चालन गर्ने गरी नेपाल भाषा प्रशिक्षण कार्यक्रम सुरु गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए ।ललितपुर महानगरका अधिकांश ठाउँमा नेवार समुदायको बाक्लो बस्ती छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीयसँग प्रत्यक्ष कुरा गर्न सहज हुने भएकाले नगर प्रहरीलाई भाषा सिकाउने निर्णय गरेका हुन् । नेपाल भाषा (नेवाःभाय्) जानेमा नगर प्रहरी

ललितपुरमा नगर प्रहरी कार्यदल परिचालन (तस्बिरहरू)

काठमाडौं । ललितपुर नगर प्रहरीको क्षमता बढाउन विभिन्न सामाग्री सहित नगर प्रहरी कार्यदल परिचालन थालिएको छ । ललितपुर नगर प्रहरी कार्यदलमा रहेका टोलीलाई मेयर चिरिबाबु महर्जनले पहिचान झल्किने ज्याकेट तथा अग्नि नियन्त्रणको क्रममा प्रयोग गरिने हेलमेट, क्यामेरालगायतका सामाग्री हस्तान्तरण गरे । सो क्रममा उनले नगरबासीको समस्या समाधानका लागि सहजीकरण गर्न नगरप्रहरी सधैँ अग्रपंक्तिमा रहन निर्देशन […]

ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना जगाउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना शुरु गरेको छ । आजभोली ललितपुरका मुख्य सडकको बिच भागको बगैँचामा ढुंगामा पेन्ट गरिएका ‘स्लोगन’ देख्न सकिन्छ ।  महानगर प्रमुख चिरिबाबु महर्जनको ‘नमुना शहर योजना’ अनुसार ढुंगामा पेन्ट गरेर सचेतना शुरु गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । ललितपुर नगर प्रहरीको सक्रियतामा अहिले कुपण्डोलदेखि पुल्चोकसम्मका सडक सचेतनामूलक स्लोगानले सजाइएको छ । ‘जिल्लाका मुख्य चोकमा यस्ता सचेतनाम