काठमाडौंका ३ नगरपालिकाको जग्गा एकीकरण गरी नयाँ सहर बनाइने

राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो ।स्थानीय तह निर्वाचनअघि नै मन्त्रिपरिषद् पुगेको प्रस्तावका विषयमा अर्थ मन्त्रालयको राय लिने काम भइरहेको पूर्वी सहरी आयोजना प्रमुख दीपक श्रेष्ठले राससलाई जानकारी दिए। शङ्खरापुर नगरपालिका–९, कागेश्वरी मनोहरा नगरपालिकाका–१, २, ३ र ४ गोकर्णेश्वर नगरसपालिकाका–१, २ र ४ गरी आठ वटा वडाका खाली जग्गामा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ नमूना सहर बनाउने योजना तीन वटै नगरपालिकाले पारित गरी संयुक्त संयन्त्र निर्माण गरेका छन्। कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ सहर निर्माणको काम भइरहेको छ ।यस क्षेत्रको २३ हजार रोपनी क्षेत्रफल जग्गामध्ये बस्ती एवं जङ्गल क्षेत्र छोडेर १६ हजार रोपनी क्षेत्रफलमा नयाँ सहर निर्माण गर्न लागिएको हो। जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाको छ। आयोजनाको अवधारणा प्रस्तुति लगत्तै शङ्खरापुर नगरपालिका–९ का स्थानीयवासीले कृषियोग्य जमिन मासिने भन्दै विरोध जनाएका थिए । जग्गा एकीकरण गर्दा जग्गा धनीको करिब ४५ प्रतिशत जग्गा जाने भएकाले पनि कतिपय स्थानीयवासीले पारदर्शी नभएको भन्दै विरोध जनाएका थिए । तीनै वटा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडा अध्यक्षलगायत सरोकार भएका समितिको सदस्यका रुपमा रहेको आयोजनाले जनाएको छ । आयोजनाको बीच भाग भएर बग्ने वाग्मती नदीको हाइड्रोलोजी अध्ययन पनि भइरहेको छ। दसैँ अघिसम्म अध्ययन प्रतिवेदन पनि सार्वजनिक हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।आयोजनाको काम विसं २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सुरु गरेका थिए। प्रस्ताव गरेको तीन वर्षसम्म आयोजनाले मूर्तरुप नलिएपछि खाली जग्गा भरिने, जग्गा खण्डीकरण भई अव्यवस्थित सहर निर्माण हुने भन्दै छिटो काम हुनुपर्ने माग स्थानीयवासीले राख्दै आएका छन् ।

सम्बन्धित सामग्री

सहर बनाउन जग्गा एकीकरण

चौरजहारीलाई नयाँ सहरका रूपमा विकास गर्न जग्गा एकीकरण अघि बढेको छ । व्यवस्थित सहर विकास निर्माणका लागि जग्गा एकीकरणको काम तीव्र पारिएको हो । स्थानीयको नाममा रहेको जग्गा सरकारको नाममा सार्ने काम धमाधम अघि बढाइएको छ । माघ ३ गते बसेको मन्त्रीपरिषद् बैठकले घारीगाउँ (चौरजहारी नयाँ सहर) जग्गा एकीकरण आयोजनाका लागि ५८५ रोपनी जग्गा प्राप्त गर्न स्कीकृति प्रदान गरेको छ ।

नयाँ सहर विकास योजना मन्त्रिपरिषद्मा

काठमाडौंको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् मा पुगेको छ। उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा लगेको हो।जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाले बनाएको छ । तर, जग्गा एकीकरण गर्दा जग्गाधनीको करिव ४५ प्रतिशत

दाङकाे देउखुरीमा जग्गा एकीकरण आयोजना सञ्चालन कार्यविधिको मस्यौदा तयार

दाङ - लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी सहर व्यवस्थित र आधुनिक बनाउन जग्गा एकीकरण आयोजना सञ्चालन तथा कार्यान्वयन कार्यविधिको मस्यौदा तयार भएको छ । तयार भएको मस्यौदामा जग्गा एकीकरण गरिने ठाउँका ५१ प्रतिशत जग्गाधनीले जग्गा एकीकरण सम्बन्धीकार्य गर्न स्वीकृति दिनुपर्ने र त्यस्तो ठाउँमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले योजना निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसरी जग्गा एकीकरण गर्दा ४०/६० को अनुपातमा गर्ने प्रस्ताव कार्यविधिमा गरिएको छ । बस्ती विकासका योजना सञ्चालन गर्दा लाग्ने खर्च आयोजनाको भागमा परेको...

उपत्यकाका तीन नगरपालिका जोडेर व्यवस्थित सहर बनाइने

काठमाडौं। उपत्यकाका तीन वटा नगरपालिकालाई जोडेर आधुनिक सहर निर्माण गरिने भएको छ। काठमाडौं महानगरपालिकाको २० हजार रोपानी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरेर आधुनिक सहर बनाइने भएको हो। उक्त सहरमा विद्युत, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित सहर बनाउने कागेश्वर मनोहरा नगरपालिकाले बताएको छ। कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंकरापुर नगरपालिकालाई जोडेर व्यवस्थित सहर बनाउने प्रक्रिया अगाडी बढाइएको हो।

तार भूमिगत गरेर नयाँ सहर बनाउने पहिलो आयोजना राजधानीको पूर्वोत्तर भेगमा

काठमाडौं । काठमाडौंको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ । विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाका...