काठमाण्डौ – कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।
त्यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गएको वर्ष यही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने ...