मह जोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

काठमाडौं (अस) । नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन् । मंगलबार कम्पनीले मह जोडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको टेलिकमले बताएको छ । सम्झौतामा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्यले हस्ताक्षर गरे । मह जोडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएपछि बजारमा विस्तारले थप उचाइ छुने विश्वास कम्पनीको छ । टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कम समयमै आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा–सुविधाबारे नागरिकलाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरको भूमिका सहयोगी हुने बताए । सम्झौतापछि ब्रान्ड एम्बेसडरद्वयले टेलिकमका सेवाको प्रचार, ब्रान्ड प्रवद्र्धनलगायतमा सहभागिता जनाउनेछन् ।

सम्बन्धित सामग्री

'मह' जोडी नेपाल टेलिकमको 'ब्रान्ड एम्बेसडर'

काठमाण्डौ – देशको हास्य व्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि 'मह' जोडीको रूपमा चिनिनुभएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा हिजो मङ्गलवार आयोजित एक कार्यक्रममा योसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज व...