रुसी राजदुतलाई प्रधानमन्त्री ओलीले भने- 'स्पुतनिक-भी' भ्याक्सिन छिटो उपलब्ध गराउ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड-१९ विरुद्धको खोप 'स्पुतनिक-भी' तत्काल उपलब्ध गराउने रुसी राजदूतलाई भनेका छन्। नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन्। राजदूत नेभिकोभसहितका प्रतिनिधिले खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन्। औषधि व्यवस्था विभागले 'स्पुतनिक-भी' लाई नेपालमा प्रयोग गर्न अनुमति दिइसकेको छ।