दलित आयोगका उपाध्यक्षविरुद्ध जसपा नेतृले गरिन् प्रहरीमा उजुरी

 प्रदेश नम्बर २ मा नवगठित दलित आयोगका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध जनता समाजवादी पार्टी (जसपा) की नेतृले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उजुरीमा उपाध्यक्ष बैठाले यौनजन्य हिंसा गरेको आरोप लगाइएको छ ।प्रदेश २ सरकारले गत चैतमा दलित आयोगमा गठन गरेर रामप्रवेश बैठालाई उपाध्यक्ष चयन गरेको थियो । उनै उपाध्यक्ष रामप्रवेश बैठा र सत्तारुढ जसपा नेपालकी प्रदेश नम्बर २ की प्रदेश सदस्य ललिता दासबीच फेसबुक म्यासेन्जरबाट सुरु भएको विवाद प्रहरी कार्यालयसम्म पुगेको हो ।जसपा नेतृ ललिताले उपाध्यक्ष रामप्र