प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई

ताप्लेजुङमा शनिबार सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्र्तगत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पार्नुभएको छ । प्रदेशस्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो हुनुभएको छ । भेट्रान्स डबलतर्फ दीपक आङ्देम्बे र गणेश राई प्रथम हुनुभएको छ भने रामराज आङ्देम्बे र युकमणी लिम्बू द्वितीय हुनुभएको छ …