तुलसीपुर मेयरका छोराविरुद्ध डेढ करोड ठगी गरेको आरोप

दाङका एक जना निर्माण व्यवसायीविरुद्ध झण्डै डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । घोराही–१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । उनले घोराही–तुलसीपुर फोरलेन सडकमा आफ्ना टिप्पर लगाएकाले त्यसको भाडा र इन्धन बापतको रकम १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डे विरुद्ध मुद्धामा जाहेरी दिएको बताए । पटक–पटक पैसा माग्न जादा पनि नदिने गरेको गुनासो गर्द

सम्बन्धित सामग्री

भारतीय आर्मी बनाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ

भारतीय आर्मी बनाइदिने भन्दै करिब डेढ करोड रूपैयाँ ठगी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले करिब २५ जना व्यक्तिहरुलाई इण्डियन आर्मी बनाइदिने भन्दै जनही ५ देखि ६ लाख उठाएको आरोप लागेको छ ।  उक्त रूपैयाँ ठगी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको  छ ।

डेढ कराेड ठगीकाे आराेपमा दाङका ठेकेदार पाण्डे काठमाण्डौबाट पक्राउ

दाङ - दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डे काठमाण्डाैबाट पक्राउ परेका छन् ।डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को टोलीले उनलाई काठमाण्डौको काँडाघारीबाट आज पक्राउ गरेको हो ।पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ कर...