रोल्पामा मतदानस्थल बनाउँदै कर्मचारी (तस्बिरहरु)

रोल्पामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी करिब करिब सकिएको छ।

सम्बन्धित सामग्री

रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील, मतदाता पुरुषभन्दा महिला धेरै

रोल्पा । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने सुरक्षा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । जिल्लामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको सापकोटाले बताए । रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए । उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन भएको जनकारी दिए । जिल्लामा पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण सुरक्षा चुनौती भने थपिएकोे उनले बताए । रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर १ लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी धृताकुमारी खत्रीले जानकारी दिइन् । जिल्लामा पुरुष मतदाताभन्दा १ हजार ५७६ महिला मतदाता बढी छन् । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देशबाहिर भएका कारण महिला मतदाताको संख्या बढी देखिएको बताइएको छ । मतदाता सूचीमा करीब १ हजार ५७६ बढी मात्र महिला मतदाता देखिए पनि मतदानमा यो संख्याको अन्तर अभैm बढ्न सक्ने आकलन गरिएको छ । जिल्लामा चुनावी प्रचारप्रसारमा समेत महिलाको संख्या बढी देखिएका कारण मतदानमा समेत यसको प्रभाव पर्न सक्ने बताइन्छ । रोल्पामा स्वतन्त्रसहित १ हजार १३० उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाका केही मतदान केन्द्रलाई मात्र संवेदनशील भनिएकामा पछिल्ला दिनमा राजनीतिक दलमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण जिल्लाका सबै मतदान केन्द्र संवेदनशील रहेको बताइएको छ । रासस

रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील, मतदाता पुरुषभन्दा महिला धेरै

जिल्लामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र रहेका छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको सापकोटाले बताए ।

रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील, मतदाता पुरुषभन्दा महिला धेरै

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने सुरक्षा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।जिल्लामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र रहेका छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको सापकोटाले बताए । रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म