एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो । घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र इनिगो मार्टिनेजले गोल गरे । स्पान्योलका टोनी भिलहेनाको सुरुवाती गोल सान्त्वना बन्यो ।प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमै स्पान्योलका टोनीले जाभी पुआडोको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । तर स्पान्योलको अग्रता दुई मिनेट पनि टिकेन ।पाँचौं मिने