जिल्ला सभापतिको भेलाबाट पछि हट्यो पौडेल समूह

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला स्थगित गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक बुधबारलाई बोलाइएपछि सोही दिन राखिएको भेला स्थगित गरिएको हो ।  काँग्रेसले फागुन ७–१० सम्म केन्द्रीय महाधिवेशन गर्ने पूर्वनिर्धारित मिति आइसक्दा पनि अर्को तालिका तोक्न नसकिरहेका बेला पौडेल पक्षले नेतृत्वलाई दबाब दिने रणनीति अनुसार भेला बोलाएको थियो ।  अब आफूहरुको सरोकार केन्द्रीय समितिमा राखिने र त्यहाँ सुनुवाइ नभए फेरि भेला बोलाइने पौडेल पक्षीय जिल्ला सभापति मधु आचार्यले बताए । कान्तिपुरमा खब...

सम्बन्धित सामग्री

सुनिश्चित बाटोमा काँग्रेस महाधिवेशन

नेपाली काँग्रेसको महाधिवेशन समयमा हुन नदिने र आफ्नो रणनीतिअनुसार पार्टी चलाउने खेलमा आन्तरिक रूपमा लाग्नेहरू असफल भएका छन् । महाधिवेशनका सन्दर्भमा बाधा विरोधमा उत्रेकाहरू पनि अब महाधिवेशनको तयारीमा जुट्न लागेका छन् । यसले महाधिवेशन नभएर फेरि सर्ने हो कि भन्ने आशङ्का समाप्त गरेको छ । सक्रिय सदस्यको विवाद अन्त्य भइसकेपछि पार्टी कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना र अनशनको अभिनय प्रारम्भ भएको थियो । अब यो मञ्चनको पनि पटाक्षेप भएको छ । उनीहरू कसको आडमा यो प्रदर्शन गर्दै थिए भन्ने पनि लुकेको थिएन । क्रियाशील सदस्यता विवाद समाधानसम्बन्धी प्रतिवेदन बुझ्न पुग्नुभएका नेता रामचन्द्र पौडेल अर्को दिन आफैँ अनशनस्थल पुगेर समर्थन मात्र जनाउनु भएन, उनीहरूको मागका पक्षमा वकालतसमेत गरेर फर्कनु भयो । तर पार्टी सभापति कुनै हालतमा महाधिवेशन गराउने अडानमा पुगेर ४८ जिल्लाका सक्रिय सदस्यको नामावली प्रकाशन गरेपछि पौडेल समूह पछाडि हट्यो र ‘फेस सेभिङ’ सहमति बन्यो ।