रेडक्रसद्वारा अस्थायी आवास बनाउन सहयोग

कञ्चनपुर– नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ । गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्‍याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि  शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग […]

सम्बन्धित सामग्री

भूकम्प प्रभावित जिल्लामा १५ हजार अस्थायी आवास बन्न बाँकी

भूकम्प प्रभावित जिल्लामा सरकारले तीन महिनादेखि सुरु गरेको अस्थायी आवास निर्माण कार्यमा थप समय र स्रोत खर्चिए पनि भूकम्प पीडितले अस्थायी आवास पाउन सकेका छैनन्।...

जाजरकोटका दुई सय दश अस्थायी आवास भूकम्प पीडितलाई हस्तान्तरण

सिमकोट- गत कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएकाहरूका लागि निर्माण गरिएका अस्थायी आवास पालिकामार्फत् हस्तान्तरण गरिएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट- १ रामीडाँडाका पीडितका लागि निर्माण गरिएका अस्थायी आवास एक कार्यक्रमबीच गाउँपालिकामार्फत् सम्बन्धित प्रभावितलाई हस्तान्तरण गरिएको हो । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल)ले दुई सय दश अस्थायी आवासको काम […]

दार्मामा ९५२ अस्थायी आवास निर्माण

सल्यान : सल्यानको दार्मा गाउँपालिकामा ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण गरिएको छ।विभिन्न संघसंस्था, राजनीतिक दल तथा पीडित परिवार आफैँले गरि हालसम्म ९५२ वटा टहरा निर्माण गरेको दार्मा गाउँपालिकाले जनाएको छ।सम्बन्धित घरपरिवार आफैँले ६६६, नेकपा माओवादी केन्द्रले २६२ र नेकपा एमालेले १७, नेपाली सेनाले ४ र एकीकृत समाजवादीले ३ वटा अस्थायी आवास निर्माण गरेको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए। हालसम्म अस्थायी आवास निर्माणका लागि ५२० घरधुरिलाई पहिलो किस्ता वापतको रकम भुक्तानी भएको प्

सल्यानको दार्मामा २४१ अस्थायी आवास निर्माण

सल्यान : चिसोमा त्रिपालमुनि बस्दै आइरहेका दार्माका भूकम्प पीडितका लागि हालसम्म २४१ अस्थायी आवास निर्माण भएका छन्। विभिन्न राजनीतिक दल, स्थानीय र संघ संस्थाले स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरेका हुन्।माओवादी केन्द्रले ६७ अस्थायी टहरा र ४८ भग्नावशेष, नेकपाले २४ अस्थायी आवास र २३ भग्नावशेष हटाएका छन् भने स्थानीय स्वयंले १५० टहरा निर्माण गरेको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए। विभिन्न राजनीतिक दल र संघ संस्थाबाट खटिएका स्वयंसेवकले १५ दिन भूकम्प पीडितको घरको भग्नाव

भूकम्पपीडितलाई एक हजार अस्थायी आवास निर्माण गर्दै कांग्रेस

काठमाडौँ, ७ मङ्सिर : नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर–टहरा) निर्माण अभियान सुरु गरेको छ । भूकम्पपछि कांग्रेसले अस्थायी आवास निर्माण गर्ने घोषणा गरेसँगै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट पुगेर अस्थायी आवास निर्माणलाई तीव्र गतिमा अघि बढाएको हो । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका […]

नेता ऐडी र उनको टिम दसैं तिहारमा समेत अस्थायी आवास निर्माणमै व्यस्त

काठमाडौं, १ मंसिर । नेपाल तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडी र उनको टिम अहिले बझाङमा अस्थायी आवास निर्माणमा व्यस्त छन् । उनी र उनको टिमले दसैं तिहारको समयसमेत भूकम्पले भत्किएको बस्तीमा अस्थायी आवास निर्माण र मर्मतमा बिताए । नेता ऐडी र उनको टिमले गत असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर गएको भुकम्पका […]

अस्थायी आवास बनाउन ३ अर्ब

सरकारले भूकम्पबाट घरबारविहीन भएकाका परिवारलाई अस्थायी आवास निर्माणका लागि करिब ३ अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ।...

भूकम्प प्रभावितका लागि रेडक्रसद्वारा अस्थायी आवास निर्माण

नेपाल रेडक्रस सोसाइटीले डोटीको पूर्वीचौकी गाउँपालिकामा भूकम्प प्रभावितहरुका लागि दुई सय ३३ अस्थायी आवास निमार्ण गरेको छ। ०७९ कार्तिक २२ गते ६.६ रेक्टरस्केलको भूकम्पका कारण विस्थापित परिवारका लागि अस्थायी टहरा...

नेपाली सेनाद्वारा पहिराबाट विस्थापितलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं। गत वर्ष आएको लिदी पहिराबाट विस्थापितहरूलाई नेपाली सेनाले अस्थायी भवन बनाएर हस्तान्तरण गरेको छ। जुगल गाउँपालिका—१ लिदीमा गत वर्ष साउन ३० गते गएको पहिराबाट विस्थापित दुई सय नौ परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। सेनाले ३१ अस्थायी आवास भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ।

काँग्रेसको कार्यालयमा स्वास्थ्यकर्मीको अस्थायी आवास

बुटवल । नेपाली काँग्रेस रुपन्देहीको कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको अस्थायी आवास गृह बनाइएको छ ।भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्थायी आवास बनाइएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।कोरोना महामारी बढ्दै गएको तथा अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको अवस्थामा यसअघि नै काँग्रेस रुपन्देहीले दुईतले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको