विमान दुर्घटना अपडेट : २२ जनाकै शव भेटियो, बाँकी १२ शव काठमाडौं ल्याउने तयारी

काठमाडौं : मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार सबै २२ जनाको शव भेटिएको छ। हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार दानीले जानकारी दिए।भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो  अन्य १० जनाको शव  आज विहान मुस्ताङको कोवाङसम्म ल्याइएको डिएसपी दानीले बताए। अब दुई जनाको शव पनि कोबाङ ल्याएर १२ वटै शव काठमाडौं पठाइने

सम्बन्धित सामग्री

पोखराको विमान दुर्घटना अपडेट : ६९ जनाको शव भेटियो, ३ जना अझै बेपत्ता

पाेखरा । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म ६९ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताउनु भएकाे छ । यस्तै तीन जनाको अवस्था भने अझै अज्ञात रहेको उहाँले बताउनु भयाे। उनीहरूको पनि खोजी भइरहेको उहाँले जानकारी दिनुभयाे । […]

विमान दुर्घटना अपडेट : २२ जनाकै शव भेटियो

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख […]

तारा एअर दुर्घटना अपडेट : १६ जनाको शव भेटियो, बाँकीको खोजी जारी

काठमाडौँ- दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको […]

तारा एयर विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो

काठमाडौं:  तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको छ ।विमानमा सवार २२ जनामध्ये हालसम्म १६ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए।उनका अनुसार १२ जनाको शव छरिएको अवस्थामा र २ जनाको शव चेपिएको अवस्थामा फेला परेको छ। अन्यको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ। शव तथा सुरक्षित रहेका सामान संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको कर्णले बताए।हिजो बिहानदेखि हराएको तारा एयरको नाइन एन ए इटी कलसाइनको विमान आज ब