काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी किन्ने सर्वसाधारणको भीड लाग्दै आएको छ। कोरोनाको दोस्रो लहर फैलिरहँदा बजारमा तरकारी किन्नेहरुको भीड नघटेको हो। बजारमा तरकारी बेच्ने र किन्ने तथा तरकारी लोडअनलोड गर्नेहरुको उल्लख्य उपस्थिति छ। बजार खुलेको मौका छोपेर उपत्यकावासी तरकारी किन्न जाँदा बजारमा भीड लागेको हो।