प्रदेशको नामाकरण प्रक्रिया साउन १५ गतेदेखि अघि बढ्न सक्छः मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुन सक्ने बताएका छन्। सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सुरक्षा प्रमुखहरुको बैठकमा मुख्यमन्त्री राईले प्रदेश सभाको बैठक सुरु भएको एक सातापछि नामाकरणको विषय अघि बढ्न सक्ने संकेत गरेका हुन्। प्रदेश सभाको बैठक साउन ८ गतेबाट सुरु हुँदैछ। […]