वीरगञ्जमा मेयरका उमेदवारद्वय र सांसद यादवले गरे मतदान

वीरगञ्ज ।  पाँचदलीय गठबन्धनबाट वीरगन्ज महानगरपालिकाको मेयरका साझा उमेदवार राजेशमान सिंहले मतदान गरेका छन् ।  वीरगन्ज महानगरपालिका वडा नम्बर ३ स्थित मालपोत कार्यालयमा रहेको मतदान केन्द्रमा पुगेर सिंहले मतदान गरेका हुन् ।  मतदान गरेपछि सिंहले विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गरेका छन् । वीरगन्जको विकास र समृद्धि एवम् परिवर्तनका लागि विवेक प्रयोग...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीद्वारा मतदान

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घी संसद् मतदान केन्द्रमा पार्टी अध्यक्ष एवं सङ्घीय सांसद ओलीले केहीबेरअघि मतदान गरेका हुन्।...

मतदान गरेर फर्कने क्रममा लडेर सांसद न्यौपाने घाइते

काठमाडौँ– राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने क्रममा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका छन् । संसद् भवनमा मतदान गरेर फर्कने क्रममा लडेर घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।  लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ । न्यौपाने नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन् ।

सांसद अरुणकुमार चौधरीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने

१२ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । सुरुम निर्वाचन आयोगले मतदाता नामावलीमा उनको नाम समावेश गरेको थिएन । सांसद चौधरी ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएका थिए । तर प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि […]

चिकित्सक संघको निर्वाचन: सांसद चन्दा कार्कीद्वारा मतदान

नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत उपत्यकामा आज पनि मतदान जारी छ। सांसद चन्दा कार्कीले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।

सांसद माया राईले अस्पतालबाटै गरिन् मतदान

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसदलाई मतदान गराउन निर्वाचन समितिका प्रतिनिधि अस्पताल पुगेका छन्। बुधबार बिहान संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा ओम अस्पतालमा रहेकी सांसद माया राईलाई मतदान गराउन निर्वाचन प्रतिनिधिहरु अस्पताल पुगेका हुन्। उनले अस्पतालबाटै मतदान गरेकी छन्। उनी सुत्केरी भएर ओम अस्पतालमा छिन्। संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा छ।

जनमोर्चाकी सांसद पौडेलले गरिन् नागरिकता विधेयकको विपक्षमा मतदान

सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नागरिकता विधेयकको विपक्षमा मतदान गरेकी छन् । बिहिबार प्रतिनिधिसभामा विधेयकमाथि भएको मत विभाजनका क्रममा उनले विपक्षमा मतदान गरेकी हुन् । मत विभाजनको क्रममा सभामुखको दायाँतर्फ पक्षका सांसदलाई दस्तखत गर्न र बायाँतर्फ विपक्षका सांसदलाई दस्तखतको व्यवस्था थियो । सांसद पौडेलले बायाँतर्फ गएर दस्तखत गरेकी हुन् । १९५ जना सांसद उपस्थित रहेको प्रतिनिधि सभामा नागरिकता विधेयकको पक्षमा १३५ सांसद र विपक्षमा ६० सांसदले मतदान गरेका छन् । नागरिकत

प्रदेश सांसद रेग्मीले मतदान गर्नै पाइनन्

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ तथा प्रदेश १ की प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मी मतदानबाट वञ्चित भएकी छिन् । विराटनगर घर भएकी प्रदेश सांसद रेग्मीले सँधै विराटनगरको पूर्वाञ्चल विश्वविद्यालय केन्द्रबाट मतदान गर्दै आएकी थिइन् । ‘२०४५ सालदेखि विराटनगरको पूर्वाचल विश्व विद्यालयको केन्द्रबाट मतदान गरे पनि यस पटक भने आयोगले सुन्दहरैंचामा मेरो नाम पठाइदिएको रहेछ,’ रेग्मीले भनिन् । आयोगको लापरबाहीका कारण मतदान गर्नबाट आफू वञ्चित भएको उनले बताइन् । ‘बिहीबा

ताप्लेजुङका सबै मतदान केन्द्रमा मतदान सुरु

नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले आफ्नो गृह गाउँपालिका मैवाखोला गाउँपालिकाको वडा नं ३ मा साँघुपाटीमा रहेको नारायण मावी साँघु मतदान केन्द्रबाट मतदान गरेका छन्।...

काँग्रेस, जसपा र लोसपाका यी सांसद एमसीसीको पक्षमा मतदान गर्न बन्चित हुने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिएका काँग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् ।  एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका काँग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित काँग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा वि

प्रदेश १ : ७४ सांसद र २२३ स्थानीय जनप्रतिनिधिले गरे मतदान

विराटनगर : प्रदेश १ मा तीन पदका लागि राष्ट्रियसभाको जारी निर्वाचनमा ७४ सांसद र स्थानीय तहका २२३ जनप्रतिनिधिले मतदान  गरेका छन्।आज बिहान ९ देखि ३ बजेसम्म मतदान गर्ने समय तोकिएको  प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।उनका अनुसार प्रदेश सभाका ९२ जना मध्ये ७४ जनाले र स्थानीय तहका २ सय ७२ मध्ये २ सय २३ जनाले मतदान गरिसकेका छन्। प्रदेशसभा सदस्यहरुको लागि विराटनगरस्थित बाली संरक्षण प्रयोगशाला र स्थानीय तहका प्रमुख उपप्रमुखहरुको लागि प्रदेश निर्वाचन कार्यालयमा मतदानस्थल तोकिएको