बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी। बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गर्न सुरु भएको छ। टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजनाअनुसार उक्त आयोजनाको काम सुरु गरेको हो। छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनाको लागत एक अर्ब २० करोड लाग्ने जनाइएको छ। बर्दिबास-६ र ७ का ८० भन्दा बढी […]