काठमाडौं। ललितपुर महालक्ष्मी नगरपालिका ५, टीकाथलीनजिकै हनुमन्ते खोलामा पेस्तोल फेला परेको छ। राधाकृष्ण खानेपानी ट्यांकीनजिकै खोलाकिनारमा आइतबार दिउँसो चाइनिज पेस्तोल फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। खोला किनारमा ३ राउन्ड गोली लोड रहेको म्यागजिनसहित पेस्तोल फेला परेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले बताए। पेस्तोल भेटिएपछि वृत्त सातदोबाटोको सिभिल र प्रहरी चौकी […]